काठमाडौं। बलिउड अभिनेत्री मनिषा कोइराला आज आफ्नो जन्मदिन मनाउँदै छिन्।
उनी १९७० अगष्ट १६ मा काठमाडौंमा जन्मिएकी थिइन्। कलिउड र बलिउड चलचित्रमा अभिनय गरेकी मनिषाका फ्यानहरू नेपालमा भन्दा भारतमा बढी छन्।
नेपालमा जन्मिएकी उनको बाल्यकाल भारतको वाराणसीमा बित्यो। वाराणसीको वसन्त कन्या महाविद्यालयमा कक्षा १० सम्मको अध्ययन पूरा गरेर उनी दिल्लीस्थित आर्मी पब्लिक स्कूलमा थप अध्ययन गर्न थालिन्।
बाल्यकालमा उनको डाक्टर बन्ने सोच थियो। तर, उनी ग्ल्यामर दुनियाँको ढोका ढकढक्याउन पुगिन्।
बीपी कोइरालाकी नातिनी मनिषा ९० को दशकमा बलिउडमा चर्चित थिइन्। १९८९ मा ‘फेरि भेटौँला’ मार्फत् चलचित्र नगरीमा प्रवेश गरिन्।
त्यसपछि उनी ‘सौदागर’ चलचित्रबाट बलिउडमा प्रवेश गरिन्। सन् १९९१ मा सुभाष घईको चलचित्र ‘सौदागर’ त्यो वर्ष ब्लक बस्टर भयो।

उनले धर्मा, धेरै माया लगायतका नेपाली चलचित्रमा पनि अभिनय गरिन्। बलिउडमा भने उनले तीन दर्जन बढी चलचित्रमा काम गरिन्। ‘सौदागर’ पछि उनले १९९४ मा आई विधु विनोद चोपडाको १९९४ः ए लव स्टोरी मा काम गर्ने मौका पाइन्।
उक्त चलचित्रले उनलाई बलिउडमा चिनायो। उनले बलिउड यात्राका क्रममा बाँम्बे, अकेले हम अकेले तुम, मन, दिल से, खामोशी, गुप्त, कच्चे धागे, लज्जा लगायतका चलचित्रमा काम गरिन्।
चलचित्र यात्राकै क्रममा उनलाई सन् २०१२ मा पाठेघरको क्यान्सर भयो। अमेरिकामा गएर केमोथेरापी गरेकी उनी करिब पाँच वर्षजति चलचित्र क्षेत्रबाट टाढा रहिन्।
क्यान्सर जितेर पुनः २०१७ मा चलचित्र क्षेत्रमा फर्किएकी उनी अभिनिच चलचित्र ‘सञ्जु’ ब्लक बस्टर भयो। सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा रहेकी मनिषा यतिबेला नेपालमै बस्दै आएकी छन्।
दुई वर्षमै सम्बन्धविच्छेद

मनिषाले सन् २०१० जुन १९ मा व्यवसायी सम्राट दाहालसँग वैवाहिक बन्धनमा बाँधिइन्। विवाह काठमाडौंमै गरिएको थियो। तर, विवाह धेरै टिक्न सकेन।
विवाह गरेको दुई वर्षमै अर्थात् सन् २०१२ मा उनीहरूले सम्बन्धविच्छेद गरे। आफ्नो वैवाहिक सम्बन्ध टुट्नुमा मनिषाले आफ्नै गल्ती भएको स्वीकार गरेकी थिइन्। सम्बन्धविच्छेदपछि सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताका क्रममा त्यसकाे जिम्मेवार आफूलाई ठहर्याएकी थिइन्।
सम्बन्धविच्छेदपछि निकै तनावमा परेकी मनिषाको स्वास्थ्य अवस्था बिग्रियो। काठमाडौंकै एक अस्पतालमा उपचार गराइन्। त्यसपछि थप उपचारका लागि मुम्बई गइन्।
त्यहाँ उपचारको क्रममा उनलाई पाठेघरको क्यान्सर भएको पत्ता लाग्यो। क्यान्सरको उपचारको लागि अमेरिका गएकी उनी लामो समय उतै बसिन्। अन्ततः क्यान्सरलाई जितेर उनी स्वदेश फर्किइन्।
२०१५ मा क्यान्सरमुक्त भएकी मनिषाले किताब लेखिन्। क्यान्सर भोगाइबारे उनले ‘हिल्ड’ नामक किताब निकालिन्। जसमा आफूले कसरी क्यान्सर जितेँ भन्नेबारे उल्लेख गरेकी छन्।

नेपालबारे बोल्दा विवादमा
लिपुलेक, लिम्पियाधुरासहितको भूभाग समेट्दै नेपालले जेठमा नक्सा सार्वजनिक गर्यो।
मन्त्रिपरिषद्ले नक्सा पारित गर्दै सार्वजनिक गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई मनिषाले रिट्वीट गरेकी थिइन्।
नेपालको नक्साको समर्थन गर्दै उनले अब नेपाल, भारत र चीन तीनै देश बसेर वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उल्लेख गरेकी थिइन्।
त्यही रिट्वीटलाई लिएर भारतीय सञ्चारमाध्यमले उनीप्रति नकारात्मक टिप्पणी गरेका थिए।
भारतमै बस्दै आएकी उनी त्यसपछि भने आफूलाई बस्न असहज भएको भन्दै नेपाल आइन्।
अहिले नेपालमै बस्दै आएकी मनिषालाई जन्मदिनको अवसरमा नेपाल तथा भारतका उनका शुभचिन्तकहरूले शुभकामना दिएका छन्।
" /> काठमाडौं। बलिउड अभिनेत्री मनिषा कोइराला आज आफ्नो जन्मदिन मनाउँदै छिन्।उनी १९७० अगष्ट १६ मा काठमाडौंमा जन्मिएकी थिइन्। कलिउड र बलिउड चलचित्रमा अभिनय गरेकी मनिषाका फ्यानहरू नेपालमा भन्दा भारतमा बढी छन्।

">