काठमाडौं। नायक पल शाह त्यति धेरै विवादमा आउन चाहदैनन्। आफ्नो काममा व्यस्त रहने उनी विभिन्न स्क्याण्डल बन्नबाट बच्ने प्रयास गर्छन्। तर, बेला बेला उनलाई विवादमा ल्याउने प्रयास गरिन्छ। चलचित्रसँगै म्यूजिक भिडिओमा राम्रैसँग जमिरहेका पलले एकाएक आक्रोश व्यक्त गरेका छन्।
आफू पछाडी आफ्नो कुरा काट्दै हिँडिरहेको भन्दै उनले शान्त र शालिन छ भन्दैमा एकोहोरो प्रहार नगर्न अनुरोध गरेका छन्। सामाजिक सञ्जालमा मार्फत उनले अहंकारी मानिस र समुन्द्रको प्रशंग उठाएर यस्तो आग्रह गरेका हुन्। उनले लेखेका छन्, “अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन्। तलाउमा ढुंगा हान्दा उत्पन्न हुने तरंग हेर्दै खुशी हुन्छन्। शान्त समुन्द्रको लहरसँग खेल्दै रमाइलो मान्छन्। शालिनताको फाइदा उठाउँदै आफ्नो खुशीको लागि अरुलाई प्रहार गरिरहन्छन। फलस्वरूप समुन्द्रले भयंकर सुनामीको रूप लिन्छ। निर्मम बनेर विध्वंश मच्चाउँछ।”
भित्ताको त कान हुन्छ भन्दै उनले लेखेका छन्, “आफू महान देखिन् अरुको कुरा काट्दै नहिँड्नुस। किनकी तपाईंको आँखाले प्रदूषित तलाउ देखे पनि वास्तवमा त्यो तपाईंलाई निमेषभरमै सिध्याउन सक्ने समुन्द्र हुन सक्छ। जसले तपाईंको हैसियत सम्झाउने मात्र होइन बिर्सन नसक्ने धक्का पनि दिन सक्छ। चेतना भया।”
" /> काठमाडौं। नायक पल शाह त्यति धेरै विवादमा आउन चाहदैनन्। आफ्नो काममा व्यस्त रहने उनी विभिन्न स्क्याण्डल बन्नबाट बच्ने प्रयास गर्छन्। तर, बेला बेला उनलाई विवादमा ल्याउने प्रयास गरिन्छ। चलचित्रसँगै म्यूजिक भिडिओमा राम्रैसँग जमिरहेका पलले एकाएक आक्रोश व्यक्त गरेका छन्।आफू पछाडी आफ्नो कुरा काट्दै हिँडिरहेको भन्दै उनले शान्त र शालिन छ भन्दैमा एकोहोरो प्रहार नगर्न अनुरोध गरेका छन्। सामाजिक सञ्जालमा मार्फत उनले अहंकारी मानिस र समुन्द्रको प्रशंग उठाएर यस्तो आग्रह गरेका हुन्। उनले लेखेका छन्, “अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन्। तलाउमा ढुंगा हान्दा उत्पन्न हुने तरंग हेर्दै खुशी हुन्छन्। शान्त समुन्द्रको लहरसँग खेल्दै रमाइलो मान्छन्। शालिनताको फाइदा उठाउँदै आफ्नो खुशीको लागि अरुलाई प्रहार गरिरहन्छन। फलस्वरूप समुन्द्रले भयंकर सुनामीको रूप लिन्छ। निर्मम बनेर विध्वंश मच्चाउँछ।”
भित्ताको त कान हुन्छ भन्दै उनले लेखेका छन्, “आफू महान देखिन् अरुको कुरा काट्दै नहिँड्नुस। किनकी तपाईंको आँखाले प्रदूषित तलाउ देखे पनि वास्तवमा त्यो तपाईंलाई निमेषभरमै सिध्याउन सक्ने समुन्द्र हुन सक्छ। जसले तपाईंको हैसियत सम्झाउने मात्र होइन बिर्सन नसक्ने धक्का पनि दिन सक्छ। चेतना भया।”
">