बुवाको यादमा सुगम पोखरेलको गीत

काठमाडौं। गायक सुगन पोखरेल गीत संगीतमा लागेको २५ वर्ष भन्दा बढी बितिसक्यो। आफ्नो सांगीतिक यात्राका क्रममा उनले आफ्नै बुवाको लागि एउटा राम्रो कोशेली दिने सोच बनाइरहेका थिए।

तर, कहिले फुर्सद नमिल्ने, कहिले गीत नमिल्ने। अन्तत: उनले यो वर्षको कुशे-औंशीमा बुवालाई सर्प्राईज दिने योजनामा थिए।

र, त्यसको तयारी पनि हुँदै थियो। गीत सबै तयार पारिसकेका थिए। भिडिओ बनाउने तयारीमा थिए। बुवालाई नसुनाएर सिधै सप्राइज दिने उनको योजना थियो। छोराले आफूलाई सप्राइज दिने गरी गीत बनाउँदैं छ भन्ने बुवालाई पनि थाहा थियो।

साउन १० गते बुवा एकनाथ पोखरेलको निधन भयो। उनको निधनपछि न बुवाले छोराको सप्राइज लिन पाए, न त सुगमले दिन पाए। बुवाको अप्रत्याशित निधनले सुगमले बनाएको सप्राइजको योजना अधुरै रह्यो।

आफ्ना बुवाले दिएको शिक्षा-दिक्षा, सोच, सपना तथा आर्शिवादलाई मार्गदर्शन मानेर असल मान्छे बन्ने प्रयासमा लाग्ने सुगम बताउँछन्।

सम्पूर्ण बुवाहरूलाई समर्पित गीत सार्वजनिक गरेका सुगमले सामाजिक सञ्जालमा लेखेका छन्, “यो गीतले एउटा पिताको चित्रण गर्छ। जुन रूप, सोचाई, भोगाई, आचरण, व्यक्तित्व, सम्भवत: तपाईंको मेरो या अझ भनौं हरेक डेडी, पापा, बाबा, बा या बुवाको आकृति पाउनुहुनेछ/देख्नुहुनेछ। समस्त बुवाहरूको लागि आर्शिवाद पाई रहुँ..।”

शब्द, संगीत तथा स्वर समेत उनकै रहेको गीतमा आफ्ना बुवाले विगतमा दिएको उपदेश तथा सत्कर्मको व्याख्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस्