काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूत अभिनित चलचित्र ‘दिल बेचारा’ न्यूजिल्याण्डमा हलमै प्रदर्शनमा आएको छ। यो चलचित्र कोरोना महामारीका कारण यसअघि हलमा लागेको थिएन। न्यूजिल्याण्डमा पहिलोपटक यो चलचित्र हलमा लागेको हो। न्यूजिल्याण्डलाई कोरोनामुक्त देश घोषणा गरिएको छ।
न्यूजिल्याण्डमा सिनेमा घर, सपिङ मल तथा भीडभाड हुने क्षेत्रहरू सहज अवस्थामा आउन थालेका छन्। चलचित्रको प्रिमियर गर्नुअघि एक मिनेट मौनधारण गरिएको थियो।
यसअघि ‘दिल बेचारा’ हटस्टारमा प्रदर्शनमा आएको थियो। कोरोना महामारीका कारण चलचित्र हलमा प्रदर्शनमा आउन सम्भव नभएपछि सुरूमा डिजिटल प्लेटफर्मको प्रयोग गरिएको हो। २४ जुनमा यो चलचित्र प्रदर्शनमा आएको थियो।
१४ जुनमा आफ्नै घरमा आत्महत्या गरेका सुशान्तको अन्तिम चलचित्र भारतमा निकै रूचाइएको छ। चलचित्रको ट्रेलर पनि युट्युबमा सार्वजनिक भएको छोटो समयमै धेरैले हेरेका थिए।
" /> काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूत अभिनित चलचित्र ‘दिल बेचारा’ न्यूजिल्याण्डमा हलमै प्रदर्शनमा आएको छ। यो चलचित्र कोरोना महामारीका कारण यसअघि हलमा लागेको थिएन। न्यूजिल्याण्डमा पहिलोपटक यो चलचित्र हलमा लागेको हो। न्यूजिल्याण्डलाई कोरोनामुक्त देश घोषणा गरिएको छ।न्यूजिल्याण्डमा सिनेमा घर, सपिङ मल तथा भीडभाड हुने क्षेत्रहरू सहज अवस्थामा आउन थालेका छन्। चलचित्रको प्रिमियर गर्नुअघि एक मिनेट मौनधारण गरिएको थियो।

">