काठमाडौं। नायिका पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीचको विवाद बढ्दै गएको छ। टेलिभिजन कार्यक्रममा आफूमाथि लक्षित गरेर अपमान गरेको भन्दै पूजाले चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन्। आफूमाथि तीन महीनादेखि अपशब्द बोल्ने तथा होच्याएर बोल्ने गरेको भन्दै संघमा उजुरी दिएकी हुन्।
सञ्चारकर्मी प्रकाशले टेलिभिजन कार्यक्रममार्फत नै ‘आफैंले महानायिका बनाईदिनुपर्ने त्यो पनि दारा भएको अनुहारलाई’ भनेका थिए। उनको भनाइको चौतर्फी आलोचना भइरहेको छ। यतिबेला पूजाको पक्षमा सम्पूर्ण चलचित्रकर्मी नै लागेका छन्। चलचित्रकर्मीमाथि समस्या पर्दा पनि केही नबोलेको आरोप लागिरहेका बेला चलचित्रकर्मीहरूको पूजाको पक्षमा देखिएका हुन्।
नायिका ऋचा शर्मा, केकी अधिकारी, गौरी मल्ल, रिमा विश्वकर्मा, निर्देशक दिवाकर भट्टराई लगायत पूजाको पक्षमा उभिएका छन्। उनीहरूले चलचित्रकर्मीहरू आफ्नै परिश्रम र सक्षमताले कलाकार भएको भन्दै कसैको खुट्टा ढोगेर नबनेको बताएका छन्। नायिका ऋचाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन।”
उनले लेखेकी छिन्, “एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने, कसरी हिंड्नु, बोल्नु, खानुपर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाइदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउँछ।”
आफू नै ठूलो हुँ भन्ने मान्छेहरूले पनि गद्दी छोड्नु परेको भन्दै उनले लेखेकी छिन्, “जब–जब मान्छेले आफूलाई अहंकार र अभिमानको बाटो रोजेका छन, ठूला–ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नुपरेको छ। मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस्।”
त्यस्तै, नायिका केकी अधिकारीले नेपाली महिला कलाकारको शारीरिक बनावटमाथि टिप्पणी गर्नु आपत्तिजन भएको बताइन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले आफ्नो तीन दशक लामो ईतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारीरिक बनावटमाथि गर्नुभएको छुद्र टिप्पणी अत्यन्तै अशोभनिय र खेदजनक छ।”
उनले प्रयोग गरेको भाषा, प्रस्तुत गरेको उदाहरण (दो दिन कि चाँदनी) र देखाएको व्यवहारले उनकै चरित्र र मानसिकता देखाएको उल्लेख गरेकी छन्। पेशागत आयु दीर्घकालीन वा अल्पकालीन हुनसक्ने भन्दै त्यसको आयु निर्धारण गर्नसक्ने हैसियत कसैको नभएको उनको दावी छ।
त्यस्तै, नायिका रिमा विश्वकर्माले प्रकाशले माफी मागेको विषयमा आपत्ति जनाएकी छिन्। उनले लेखेकी छिन्, “अहो ! भो अब छाडिदिउँ न। माफी माग्नुभो रे त। हामीहरू सुन्न, सहन अनि माफी दिन त पोख्त नै छौँ नि। पुस्तौ पुस्तादेखि माफी दिदै आएका त हौँ नि। फेरि एकपटक माफी दिँदा के नै जाने हो र!! यसै पनि त्याग, सहनशीलता र न्यायको त प्रतिमुर्ति नै हौं नि।”
त्यस्तै, निर्देशक दिवाकर भट्टराईले पूजाको आँशु लाग्ने भन्दै उनले अबको दिन कसैको पछि लागेर नहुने बताए। केही वर्ष पहिला पत्रकार, निर्माता तथा निर्देशकको पछि लाग्नुपरेको तर अब त्यस्ता दिन नरहेको बताए। नायिका गौरी मल्लले मानिसको स्वभाव उसको व्यक्तित्वको ऐना भएको भन्दै चलचित्र क्षेत्रका लागि पूजा योग्य रहेको तर, अनावश्यक टिकाटिप्पणी गरिएको भन्दै दुःख व्यक्ति गरेकी छन्।
" /> काठमाडौं। नायिका पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीचको विवाद बढ्दै गएको छ। टेलिभिजन कार्यक्रममा आफूमाथि लक्षित गरेर अपमान गरेको भन्दै पूजाले चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन्। आफूमाथि तीन महीनादेखि अपशब्द बोल्ने तथा होच्याएर बोल्ने गरेको भन्दै संघमा उजुरी दिएकी हुन्।सञ्चारकर्मी प्रकाशले टेलिभिजन कार्यक्रममार्फत नै ‘आफैंले महानायिका बनाईदिनुपर्ने त्यो पनि दारा भएको अनुहारलाई’ भनेका थिए। उनको भनाइको चौतर्फी आलोचना भइरहेको छ। यतिबेला पूजाको पक्षमा सम्पूर्ण चलचित्रकर्मी नै लागेका छन्। चलचित्रकर्मीमाथि समस्या पर्दा पनि केही नबोलेको आरोप लागिरहेका बेला चलचित्रकर्मीहरूको पूजाको पक्षमा देखिएका हुन्।

">