काठमाडौं। गीतकार डीआर उपाध्यायलाई विश्वकिर्तीमानका १७ वटा प्रमाणपत्र प्रदान गरिएको छ। हिजो काठमाडाैंमा आयाेजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले डा. उपाध्यायलाई विश्व रेकर्डका १७ वटा प्रमाण पत्र प्रदान गरे।
डा. उपाध्यायले यसअघि पनि गीतसंगीतका विभिन्न काम गरेर पटक पटक गरी १५ वटा विश्व रेकर्ड कायम गरिसकेका थिए। हिजो एकैपटक विश्व रेकर्डका १७ प्रमाणपत्र प्राप्त गरेका हुन् । उनले गीतसंगीतमा सामाजिक सद्भावका गीत, हरेक शब्दमा फरक फरक गायक गायिकाको स्वर समावेश गर्ने लगायतका १७ प्रयोग गरेका कारण विश्व किर्तिमानी कायम गरेका हुन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले विश्वमै एकैपटक यति धेरै रेकर्ड राख्ने डा. उपाध्यायनै पहिलो व्यक्ति भएको भन्दै प्रशंसा गरे। डा. उपाध्यायले समाजमा भैरहेका कुरालाई फरक तरिकाले प्रस्तुत गरौं भन्ने उद्देश्यले अभिप्रेरित भइ काम गरेको बताए। उपाध्यायले हिजाे संसारकै सानो गीति पुस्तक पनि सार्वजनिक गरेका छन्। उपाध्यायलाई विश्व रेकर्ड राख्ने काममा संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारीले साथ दिएका छन्।
डा. उपाध्यायले आफूले गीत विश्व रेकर्डका लागि भन्दा पनि समाजका लागि लेखेको बताए। तर, समाजमा पनि अरुले गरेभन्दा फरक गरौं भन्ने सोचले आफ्नो काम विश्व रेकर्डमा लेखिन सफल उनले बताए। २०७५ साल असार ८ गते पहिलो एल्बम ‘प्रणय’ एल्बमबाट शुरू भएको डीआर उपाध्यायको सांगीतिक यात्राले ३२ विश्व रेकर्ड कायम गरेको छ।
डा. उपाध्यायले सबै वर्ग, पेशा र समुदायका लागि गीत लेखेका छन्। गीतमा हरेक चाडपर्वलाई समावेश गरेका छन्। उनका गीतमा प्रेम, रोमान्स, यातना, भावना तथा वैभव सबै कुरा अटाएका छन्।
" /> काठमाडौं। गीतकार डीआर उपाध्यायलाई विश्वकिर्तीमानका १७ वटा प्रमाणपत्र प्रदान गरिएको छ। हिजो काठमाडाैंमा आयाेजित कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले डा. उपाध्यायलाई विश्व रेकर्डका १७ वटा प्रमाण पत्र प्रदान गरे।डा. उपाध्यायले यसअघि पनि गीतसंगीतका विभिन्न काम गरेर पटक पटक गरी १५ वटा विश्व रेकर्ड कायम गरिसकेका थिए। हिजो एकैपटक विश्व रेकर्डका १७ प्रमाणपत्र प्राप्त गरेका हुन् । उनले गीतसंगीतमा सामाजिक सद्भावका गीत, हरेक शब्दमा फरक फरक गायक गायिकाको स्वर समावेश गर्ने लगायतका १७ प्रयोग गरेका कारण विश्व किर्तिमानी कायम गरेका हुन् ।

">