काठमाडौं। बलिउड अभिनेता महेश बाबु आज आफ्नो जन्मदिन मनाउँदै छन्।

१९७५ अगष्ट ९ तारिखमा जन्मिएका महेश १९७९ मा बाल कलाकारको रूपमा तेलुगु चलचित्रमा अभिनय गरे। बाल्यकालमै उनले ८ वटा चलचित्रमा काम गरिसकेका थिए।

अभिनयका कारण उनी निकै लोकप्रिय मानिन्छन्। उनी चलचित्रसँगै श्रीमती नम्रता शिरोडकरका कारण पनि चर्चामा आउँछन्।

१५ वर्ष अगाडि विवाह गरेका महेश र नम्रताको चर्चा अझै पनि हुने गरेको छ। उनीहरूको लभस्टोरी चलचित्रको कहानीभन्दा कम छैन।

नम्रता महेशभन्दा चार वर्ष जेठी हुन्, तर दुवैजनामा उमेरका कारण केही चर्चा परिचर्चा चलेन। नम्रता हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन्। उनले सलमान खानसँग ‘जब प्यार किसी से होता है’ मार्फत् चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन्।

उनले १९९३ मा फेमिना मिस इण्डिया जितेकी थिइन्। महेश र नम्रताबीच पहिलोपटक तेलुगु चलचित्र ‘वामसी’ को छायांकनको क्रममा भेट भएको थियो। यो चलचित्र २००० मा प्रदर्शनमा आएको थियो।

पहिलो भेटपछि दुवैजना निकै घनिष्ट बनेका थिए। चलचित्रको छायांकन समाप्त हुँदा दुवैजनाबीच मायाप्रेम बसिसकेको थियो। तर, दुवैजनाले उक्त सम्बन्धलाई सार्वजनिक गरेनन्।

महेशले परिवारलाई समेत नम्रतासँगको सम्बन्धबारे जानकारी गराएका थिएनन्। उनले उक्त सम्बन्धबारे सबैभन्दा पहिला बहिनीलाई बताएका थिए। चारवर्षे प्रेम सम्बन्धलाई  २००५ फेब्रुअरी १० मा वैवाहिक बन्धनमा परिणत गरेका थिए।

नम्रताले वैवाहिक बन्धनमा बाँधिनुभन्दा पहिला चलचित्र क्षेत्र नै छाडेकी थिइन्। विवाह गर्नुभन्दा पहिला नै सबै प्रोजेक्ट सकेकी थिइन्।

विवाहको एक वर्षपछि नम्रताले छोरा जन्माइन्। विवाहको तीन वर्षपछि दुवैजनाको सम्बन्धमा खटपट सुरू भयो।

यतिसम्म कि उनीहरूकाे डिभाेर्सकाे कुरासमेत चलेकाे थियाे। तर, उनीहरूले आफ्नो सम्बन्धबारे बाहिर केही कुरा पनि सार्वजनिक गरेनन्।

२०१२ मा नम्रताले छोरी सितारालाई जन्म दिइन्। अचेल भने दुवैजना राम्रै जिन्दगी बिताइरहेका छन्।

नम्रता गृहिणी बनेर घरधन्दा चलाइरहेकी छिन् भने महेश चलचित्र यात्रालाई नै अगाडि बढाइरहेका छन्।

महेशबाबुले अहिलेसम्म तीन दर्जन बढी चलचित्रमा अभिनय गरेका छन्। उनी महेश प्रोडक्सन हाउसका सञ्चालक हुन्।

उनले अन्तर्राष्ट्रिय फिल्म पुरस्कार, अन्तर्राष्ट्रिय भारतीय फिल्म अकादमी पुरस्कार लगायतका दर्जनौ अवार्ड जितिसकेका छन्।

" /> काठमाडौं। बलिउड अभिनेता महेश बाबु आज आफ्नो जन्मदिन मनाउँदै छन्।

"> महेश बाबु र नम्रताको डिभोर्सको कुरा चलेपछि...: Dekhapadhi
महेश बाबु र नम्रताको डिभोर्सको कुरा चलेपछि...

प्रतिक्रिया दिनुहोस्