काठमाडौं। अभिनेत्री ऋचा शर्माले आफ्नै परिश्रम र क्षमताले कलाकार बन्ने गरेको बताएकी छिन्।
नायिका पूजा शर्मामाथि अनावश्यक आरोप लागिरहेको बेला उनले कलाकार आफ्नै परिश्रम र क्षमताले हुने गरेको बताएकी हुन्।
टेलिभिजन कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले पूजाबारे अनावश्यक टिप्पणी गरेपछि चलचिकर्मीहरू पूजाको पक्षमा उभिएका हुन्।
ऋचाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन।”
कार्यक्रम प्रस्तोताले नायिका पूजालाई जथाभावी भनेको विषयमा उनले लेखेकी छिन्, “एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने, कसरी हिंड्नु, बोल्नु, खानुपर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउँछ।”
आफू नै ठूलो हुँ भन्ने मान्छेहरूले पनि गद्दी छोड्नु परेको भन्दै उनले लेखेकी छिन्, “जब-जब मान्छेले आफूलाई अहंकार र अभिमानको बाटो रोजेका छन, ठूला-ठूला मै हु भन्नेले पनि गद्दी छोड्नुपरेको छ। मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस।”