काठमाडौ। बलिउड अभिनेता सञ्जय दत्त श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। ६१ वर्षीय दत्तलाई मुम्बईस्थित नानावती अस्पतालको आईसीयूमा राखिएको छ।
उनको आरडीटीमार्फत कोभिड–१९ परीक्षण गरिएको छ। जसको रिपोर्ट नेगेटिभ आए पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। जसको रिपोर्ट आउन बाँकी छ।
अस्पताल भर्नापछि दत्तले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे जानकारी दिएका छन्। आफ्नो स्वास्थ्य सामान्य रहेको उनको भनाइ छ। उनको उपचारमा संलग्न डाक्टर जलील पारकर केही दिन अगाडि कोरोना भाइरस संक्रमणमुक्त भएर काममा फर्किएका थिए।
अभिनेता दत्तले केही दिन अगाडि आफ्नो ६१औं जन्मदिन मनाएका थिए। १९५९ जुलाई २९ मा जन्मिएका उनी ुनिल दत्त र नरगिसका एकमात्र सन्तान हुन्। दत्त अभिनित चलचित्र ‘सडक–२’ २८ अगस्टमा डिजिटल प्लेटफर्म डिज्नी प्लस हटस्टारमा प्रदर्शनमा आउनेछ। जसमा दत्तसँगै पूजा भट्ट, आलिया भट्ट तथा आदित्य राय कपूरको अभिनय छ।
" /> काठमाडौ। बलिउड अभिनेता सञ्जय दत्त श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। ६१ वर्षीय दत्तलाई मुम्बईस्थित नानावती अस्पतालको आईसीयूमा राखिएको छ।उनको आरडीटीमार्फत कोभिड–१९ परीक्षण गरिएको छ। जसको रिपोर्ट नेगेटिभ आए पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। जसको रिपोर्ट आउन बाँकी छ।

">