सुशान्तसिंह आत्महत्या प्रकरणको सिबिआईले थाल्यो अनुसन्धान, प्रेमिकाविरूद्ध मुद्दा दर्ता
काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा भारतको केन्द्रिय अन्वेषण ब्यूरो(सिबिआई) ले अनुसन्धान थालेको छ।

सिबिआईले उनकी प्रेमिका रिया चक्रबर्ती, रियाका बाबुसहित ६ जना विरूद्ध एफआईआरसमेत दर्ता गरेको छ।

सिबिआईले उनीहरूविरूद्ध भारतीय दण्ड संहिता (आईपिसी) अन्तरगत धारा ४२०(धोकाधडी), ५०६(डराउने-धम्काउने काम) र १२०(बी-आपराधिक षडयन्त्र) अन्तर्गत उजुरी दर्ता गरेको हो।

हालै बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले सुशान्त सिंहको आत्महत्या प्रकरणमा सिबिआई जाँच गर्न केन्द्र सरकारसमक्ष सिफारिस गरेका थिए। कुमारको सिफारिसलाई केन्द्र सरकारले स्वीकार गरेपछि अब घटनाको सिबिआई जाँच हुने भएको हो।

कुमारको सिफारिसलाई केन्द्र सरकारले स्वीकार गर्दै घटनाको सिबिआईलाई जाँचको अनुमति दिएको हो। सिबिआईले यी सबैविरूद्ध भारतीय दण्ड संहितासंहिता (आईपिसी) अन्तरगत धारा ४२०(धोकाधडी), ५०६(डराउने-धम्काउने काम) र १२०(बी-आपराधिक षडयन्त्र) अन्तर्गत उजुरी दर्ता गरेको छ।

छोराले आत्महत्या गरेपछि सुशान्तका बाबु केके सिंहले पटना प्रहरीमा रियाका विरुद्ध एफआईआर दर्ता गरेका थिए।
उजुरीमा सुशान्तका बाबुले रियाविरूद्ध जबरजस्ती पैसा लिएको र आत्महत्या गर्न बाध्य पारेको लगायतआरोप लगाएका थिए।
सुशान्तले जुन १४ मा मुम्बईस्थित घरमा आत्महत्या गरेका थिए।

आत्महत्याको एक महिनापछि सुशान्तकी प्रेमिका रियाले ट्विट गर्दै भारतका गृहमन्त्री अमित शाहलाई सिबिआई जाँच गर्न माग गरेकी थिइन्। उनले के कारणले आत्मह्या गर्न बाध्य भए त्यो कुरा जान्न चाहेको भन्दै घटनाको सिबिआईद्वारा छानबिन गराउन माग गरेकी थिइन।

तर, सुशान्तका पिताले रियासहितका ८ जना विरुद्ध आर्थिक अपचलनसहित विभिन्न पाँच आरोप लगाउँदै बिहार प्रहरीमा उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ।

प्रतिक्रिया दिनुहोस्