काठमाडौं। प्रिन्सा र पिज्मा खतिवडा ‘ट्वीन्स गर्ल’ सन् २०१८ तिर टिकटकमा नाचेको भिडिओ हाल्थ्ये। जुम्ल्याहा बहिनीहरूको अभियनले धेरैको मन जित्न थाल्यो। विस्तारै उनीहरू दुवै जना हिट भए। त्यही क्रममा युट्युब च्यानलको ध्यान उनीहरूतिर गयो। टिकटकमा चर्चामा आएका ट्वीन्स गर्लको अन्तर्वार्ता युट्युबमा आयो। त्यसपछि उनीहरूलाई म्यूजिक भिडिओका लागि अफर आउन थाल्यो।
सन् २०१९ मा पहिलो म्यूजिक भिडिओ ‘अमिलो निबुवा’ मा अभिनय गरे। “अढाई वर्षदेखि टिकटक चलाउँथ्यौं। धेरैले मन पराइरहनुभएको थियो। त्यहीबाट चर्चित बनेपछि शिशिर भण्डारी दाईले म्यूजिक भिडिओका लागि अफर गर्नुभएको थियो। पहिलो म्यूजिक भिडिओबाट राम्रो प्रतिक्रिया आयो,” प्रिज्माले भनिन्।
त्यसपछि उनीहरू प्रमोद खरेलको ‘झुमा झुम्कावाली’ मा अभिनय गरे। त्यहाँबाट भने दुवै जनाको निकै चर्चा भयो। त्यसपछि भने थुप्रै भिडिओका लागि अफर आइरहेको प्रिज्माको भनाई छ। “दुवै जना पढिरहेका थियौं। समय मिलाएर टिकटक बनाउथ्यौं। त्यही टिकटकले हाम्रो भाग्य नै बदलिदियो। हाम्रो लागी त बरदान नै बन्यो,” प्रिज्माले भनिन्। टिकटकमा यि ट्वीन्स गर्लका ६५ लाख फलोअर छन्।

टिकटकमा चर्चामा रहेको अर्को जोडी हो दीपा–दमन्ता श्रेष्ठ। दुई वर्षदेखि टिकटकमा भिडिओ अपलोड गर्दै आएका उनीहरू यतिबेला म्यूजिक भिडिओमा व्यस्त छन्। टिकटकमा पाएको चर्चाकै कारण उनीहरूलाई म्यूजिक भिडिओका लागि अफर आयो।
‘अमिलो निबुवा’ मार्फत गीत संगीत क्षेत्रमा प्रवेश गरेका ट्वीन्स गर्ल दीपा दमन्ता पनि अहिले चर्चित सेलिब्रेटीमा पर्छन्। टिकटकमा २४ लाख फलोअर रहेका दीपा–दमन्ता म्यूजिक भिडिओसँग अन्य कार्यक्रमहरू पनि टिकटकमा राख्छन्।
उनीहरूले पछिल्लो समय म्यूजिक भिडिओभन्दा पनि स्टेज कार्यक्रम तथा प्रायोजक शो हरूमा व्यस्त छन्। त्यस्तै आफ्नै युट्युब च्यानलमार्फत विभिन्न टिप्स दिदैं आएका छन्। “म्यूजिक भिडिओसँगै अन्य प्रोजेक्टहरूमा पनि व्यस्त छौं। टिकटककै कारण यहाँसम्म पुग्ने मौका मिलेको छ।” दीपाले भनिन्।

रेश्मा घिमिरे पनि टिकटकमा चर्चामा छिन्। टिकटकमा ११ लाखभन्दा बढी फलोअर रहेकी रेश्मा आउनुअघि नै उनी चलचित्रमा काम गर्न थालिसकेकी थिइन्। २०१४ मा अभिनय गरेको त्यो चलचित्र त्यति राम्रोसँग चलेन। त्यसपछि उनी टिकटक भिडिओका कारण चर्चामा आउन थालिन्। विशेषगरी कमेडी जनरामा टिकटक बनाउँदैं आएकी उनी पेशाले नर्स हुन्। राति उठेर पनि भिडिओ अपलोड गर्छिन्। सामाजिक सञ्जालमा आफ्नो कामका व्यस्तताका वाफजुत थोरै समय निकालेर टिकटक बनाउने गरेकी उनको भनाई छ।
“टिकटकबाट म्यूजिक भिडिओमा आएकी होइन। टिकटकमा भिडिओ बनाउनुभन्दा पहिल नै चलचित्रमा काम गरेकी थिएँ। तर, चलचित्र चलेन। त्यसपछि म्यूजिक भिडिओमा आउँदा सजिलो भने बनाएको छ,” उनले भनिन्। उनले ‘तिमी बिजी टिकटकमा’, ‘गलबन्दी पछ्यौरी’, ‘कल्लाई थाहा छैन’, ‘डोली सजाई’, ‘हेरन कान्छी’ लगायतका चर्चित गीतमा अभिनय गरेकी छिन्। यी गीतमा उनको अभियनको निकै चर्चा गरिएको छ।

टिकटकबाटै चर्चामा आएका अर्का पात्र हुन्, सुधिर श्रेष्ठ। ‘छन् छन् चुरा’, ‘ए है माया’, ‘कहिले माया देखायौं’, जस्ता चर्चित गीतमा अभियन गरिसकेका छन्। टिकटकमा झण्डै ४ लाख फलोअर रहेका सुधिरको अभिनयको निकै प्रशंसा गरिन्छ। टिकटकका कारण म्यूजिक भिडिओमा आउन सहज भएको उनको भनाइ छ।

त्यस्तै ५ वर्षीया बालिका एभलिना खड्का पनि टिकटकमा चर्चामा छिन्। दुई लाख भन्दा बढी फलोअर रहेकी उनी उमेरले सानो भएपछि अभियनमा भने पर्फेक्ट छिन्। ‘मेरी छोरी’ बोलको गीतमा दीलिप रायमाझीसँग म्यूजिक भिडिओमा अभियन गरेपछि उनको निकै प्रशंसा हुने गरेको छ।
टिकटकको अभिनय तथा चर्चाबाट धेरैले म्यूजिक भिडिओमा मौका पाइरहेका छन्। टिकटकले अभियनलाई पर्फेक्ट बनाएपछि म्यूजिक भिडिओमा काम गर्न सजिलो हुने गरेको उनीहरूको भनाई छ। उषा उप्रेती, अकेशा पोखरेल, गीता ढुंगाना लगायतका टिकटकमा चर्चित बनेकाहरूले पनि म्यूजिक भिडिओमा काम गर्ने मौका पाइरहेका छन्।
" /> काठमाडौं। प्रिन्सा र पिज्मा खतिवडा ‘ट्वीन्स गर्ल’ सन् २०१८ तिर टिकटकमा नाचेको भिडिओ हाल्थ्ये। जुम्ल्याहा बहिनीहरूको अभियनले धेरैको मन जित्न थाल्यो। विस्तारै उनीहरू दुवै जना हिट भए। त्यही क्रममा युट्युब च्यानलको ध्यान उनीहरूतिर गयो। टिकटकमा चर्चामा आएका ट्वीन्स गर्लको अन्तर्वार्ता युट्युबमा आयो। त्यसपछि उनीहरूलाई म्यूजिक भिडिओका लागि अफर आउन थाल्यो।सन् २०१९ मा पहिलो म्यूजिक भिडिओ ‘अमिलो निबुवा’ मा अभिनय गरे। “अढाई वर्षदेखि टिकटक चलाउँथ्यौं। धेरैले मन पराइरहनुभएको थियो। त्यहीबाट चर्चित बनेपछि शिशिर भण्डारी दाईले म्यूजिक भिडिओका लागि अफर गर्नुभएको थियो। पहिलो म्यूजिक भिडिओबाट राम्रो प्रतिक्रिया आयो,” प्रिज्माले भनिन्।

">