काठमाडौं। कोरोना महामारीकैबीच तीजको माहोल जम्दैछ। बाहिर सार्वजनिक ठाउँमा तडकभडक गर्ने अवस्था नभएपनि घरपरिवारमै तीज मनाउने योजना अधिकांशको छ। दैनिक सार्वजनिक भइरहेका तीज गीतले यसको रौनकता बढाएको छ। एकातिर तीजको रौनक बढ्दै छ भने अर्कोतिर विकृति भित्रियो भन्दै चिन्ता पनि थपिन थालेको छ।
केही वर्षदेखि गीतको नाममा विकृति भित्रिरहेको स्वयम कलाकारहरू स्वीकार गर्छन्। गायिका सुनिता दुलाल पनि तीज गीतको नाममा विकृति बढिरहेको भन्नेमा सहमत छिन्। “तीजको बेला आफूलाई चर्चामा ल्याउन र बढी दर्शक कमाउन संस्कृतिमाथि नै धावा बोल्ने परिपाटी बढेको छ,” उनले भनिन्।
कतिले त तीज गीतमा गितारको प्रयोगलाई समेत रूचाएका छैनन्। २०७६ सालमा पहिलो तीज गीत निकालेका दुर्गेश थापाले यो वर्ष दुई वटा गीत निकाले। दुवै गीतमा गितारको प्रयोग गरे। त्यतिमात्र कहाँ हो र गीतमा नाच्नु भन्दा कुनै ठाउँमा उभिएर हातमा माइक बोक्दै चर्को स्वरका चिच्याए, स्ट्याण्डअप कमेडी शैलीमा।
यो वर्षले पनि उनले त्यसलाई निरन्तरता त दिए नै अरूले पनि उनको सिको गरे। उनलाई काउण्टर दिँदै प्रविन भट्टले ‘अब नाच्ने हो छेउ छेउमा’ गीत ल्याए। त्यस्तै ज्योती मगरले यो वर्षका लागि सार्वजनिक गरेको तीज गीतमा ब्याटल, गितार, स्टेण्डअप लगायतको आधुनिकता प्रयोग गरेकी छन्।
विशेषगरी पप, रक, आधुनिक गीतमा प्रयोग गरिने गीतारलाई तीजका गीतमा पनि प्रयोग गरेर युवा पुस्तालाई आकर्षण गर्न खोजिएको तर्क उनीहरूको छ। गायक दुर्गेश थापा युवा पुस्ताको माग अनुसार नै आफूले गीत बनाउने गरेको बताउँछन्। भन्छन्, “ड्रम, गितार जस्ता सामाग्रीको प्रयोग गर्नु नराम्रो हो र।”
यो वर्ष तीजलाई लक्षित गरी सार्वजनिक भएका एक दर्जन भिडिओमा यस्तो प्रवृति देखिएको छ। मौलिकतालाई विगारेर चर्चा र भ्यूज बटुल्नका लागि जस्तोसुकै फण्डा पनि गर्न पछि नपर्ने कलाकार कारण समस्या देखिएको कलाकारहरू बताउँछन्। गायिका अञ्जु पन्त संगीतबारे जानकारी नभएकाहरूले आफूलाई विभिन्न तिक्डम गरी हिट गराउने प्रयास गरिरहेको बताउँछिन्।
“आफ्नो धर्म, संस्कृति, परम्परा आदीबारे सामान्य जानकारी नै नभएकाले चर्चामा आउन गीत निकालेको देखिन्छ। यस्तो अवस्थामा उनीहरूबाट हामी राम्रो गीतको अपेक्षा नगरेपनि हुन्छ,” उनले भनिन्। गायिका सुनिताले आधुनिकताका नाममा गीतारको प्रयोग गर्न नहुनेमा जोड दिइन्।
“तीज गीतका लागि आफ्नै विशेषता हुन्छन्। यसमा धेरै आधुनिकता ल्याउँछु भन्दा एकातिर तीज संस्कृति नै लोप हुन सक्छ भने अर्कोतिर स्वयम कलाकारलाई नै दीर्घकालिन राम्रो गर्दैन” सुनिताले भनिन्।
" /> काठमाडौं। कोरोना महामारीकैबीच तीजको माहोल जम्दैछ। बाहिर सार्वजनिक ठाउँमा तडकभडक गर्ने अवस्था नभएपनि घरपरिवारमै तीज मनाउने योजना अधिकांशको छ। दैनिक सार्वजनिक भइरहेका तीज गीतले यसको रौनकता बढाएको छ। एकातिर तीजको रौनक बढ्दै छ भने अर्कोतिर विकृति भित्रियो भन्दै चिन्ता पनि थपिन थालेको छ।केही वर्षदेखि गीतको नाममा विकृति भित्रिरहेको स्वयम कलाकारहरू स्वीकार गर्छन्। गायिका सुनिता दुलाल पनि तीज गीतको नाममा विकृति बढिरहेको भन्नेमा सहमत छिन्। “तीजको बेला आफूलाई चर्चामा ल्याउन र बढी दर्शक कमाउन संस्कृतिमाथि नै धावा बोल्ने परिपाटी बढेको छ,” उनले भनिन्।

">