काठमाडौं। एक समय थियो, हरिदेवी कोइराला, शर्मिला गुरूङ लगायत सर्जकका तीज गीत सुन्न सबै लालायित हुन्थे। हरिदेवीले तीज गीतलाई शिखरमा पुर्याईन्। उनले गाएका गीतमा नारी मनको पीडा बोल्यो, गाउँघरको संस्कृति झल्किन्थ्यो, छोरी चेलीका वेदना बोल्थ्यो।
जब उनीहरू विस्तारै निस्क्रिय बन्दै गए। तब तीज गीत भड्किलो, उच्छृङ्खल हुन थाल्यो। यहिबीच तीज गीतको संस्कृति धान्न आईपुगिन सुनिता दुलाल।
उनीहरूले डोर्याएको बाटो समाउँदै अगाडि बढिरहेकी सुनितालाई तीज गीतको पर्यावाची रूपमा लिईन्छ। दुई दर्जनभन्दा बढी तीज गीत गाइसकेकी सुनिता मौलिकतालाई विशेष ध्यान दिन्छिन्।
उनले पहिलो तीज गीतको रूपमा ‘आमाले पकाको मीठो दर खानलाई’ गाईन्। त्यसको चर्चापछि दाईले पनि कुनै अवरोध सिर्जना गरेनन्। झन सहयोग गरे। घर परिवारबाट पनि उनलाई अवरोध हुनु त निकै परको कुरा हो, आर्थिक सहयोग समेत गर्दै आए। त्यसपछि भने घर परिवारबाट सहयोग भइरहेको छ।
आधुनिकतामा नाममा विकृति भित्रिरहेका बेला उनले भने मौलिकतालाई बिर्सिएकी छैनन्। “तीज गीतको नाममा विकृति एकदमै बढ्यो। अब त मलाई के लाग्छ भने केही वर्षपछि यो गीत संस्कृति नै रहन्न कि!” दुलालको चिन्ता छ।
यो वर्ष उनले तीज कोसेलीको रूपमा ‘बेसी मेलैमा’ ल्याएकी छिन्। खुमन अधिकारी र उनले गाएको यो गीतमा नम्रता सापकोटा र दिलिप रायमाझीको अभिनय छ।
जाउँ हिन सँगै खोरिया फाडौंला,
दहीको ठेकी बोकेर बेसी मेलैमा।
सुख र दुःख सँगसँगै बाडौंला,
नजाउन माया देशी रेलैमा।
उनलाई तीज गीत मार्फत मात्र चिनाउँदा अन्याय हुन्छ। उनी त लोकदोहोरी गीतका लागि पनि उक्तिकै चर्चित छिन्। उनका लोक दोहोरी गीत पनि निकै चर्चित बन्छन्। ति गीतहरूमा पनि असभ्य भन्ने हुदैंनन्।
“गीत संगीत समाजको ऐना हो। यसको संरक्षण तथा जगर्ने गर्ने दायित्व पनि हाम्रै हो।” दुलालले भनिन्, “त्यसको मुख्य जिम्मेवार कलाकार पनि हुनुपर्छ। चर्चामा आउन खोज्दा विकृति भित्रियो भने संस्कृति नै रहन्न।”
मेरो बाबै कति साह्रो मिठो बोलेको हो,
बोली यसै मिठो हो कि चिनी घुलेको हो।
लाउला कमिलो सरररर..
मायाको मुखैमा चिनी
मिठो बचन हासेर बोल्दिने।
गीत संगीत यात्रामा प्रवेश
२०६० सालदेखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छिन्। सिन्धुपालचोकको जलबिरमो जन्मिएकी सुनिताको सानैदेखि संगीतमा निकै लगाब थियो। उनका दाई गायक घमेश दुलालको प्रभाव उनमा पर्यो। उनले पहिलो गीतको रूपमा ‘मायालुले झल्को दिइरहने’ गाईन्।
‘अब म मैले नी झुम्का लगाउँछु’ बोलको गीतले उनलाई चर्चामा ल्यायो। त्यसपछि भने उनलाई विभिन्न मेला महोत्सवका लागि निम्ता आउन थाल्यो। देश विदेश घुम्ने मौका पाईन्।
रामचन्द्र काफ्लेसँग मिलेर गाएको गीत, ‘कति फुर फुर परेको’ ले उनलाई तीज गीत गायिकाको उपमा दिन थालियो।
लोक, आधुनिक, दसैं, तिहारका गीतमा पनि उनी चर्चामा छिन्। उनले गाएका मुखैमा चिनी, आमाले पकाको मीठो दर खानलाई, नाँचौ सरर, मायालाई के दिउँ म, झम्के फूली नाकैमा बुलाकी जस्ता गीत चर्चित छन्।

एसएलसी दिएर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएपछि उनी शिक्षण पेशामा लागिन्। करिब ४ वर्ष पढाई क्षेत्रमा लागेकी उनको सपना भने गायिका नै बन्ने थियो। उनका दाजु घमेशले बरू नर्सिङ पढ तर, संगीत क्षेत्रमा नलाग भनेका थिए। उनले भने नर्स नबन्ने बरू शिक्षिका बन्ने जानकारी दिइन्।
शिक्षण पेशामा लागेसँगै उनी गीत संगीतमा लागिन्। काठमाडौंको पद्मकन्या कलेजमा अध्ययन गर्दागर्दै उनी मिडिया क्षेत्रमा पनि लागिन्। मिडिया क्षेत्रमा लाग्दाको अनुभवले उनलाई गायन क्षेत्रमा बढी लोभित गरायो।

घरजम चाँडै हुन्छ
आफ्नो करिअर बनाउने क्रममा घरजम गर्नेबारे कहिल्यै सोचिनन्। प्रेम प्रस्ताव, विवाह प्रस्ताव थुप्रै आएपछि कसैलाई केही पनि जवाफ दिएकी छैनन्। विद्यालयमा पढ्दा नै उनले एक केटालाई मन पराएकी थिइन्। त्यो उनले मात्र मन पराएकी थिइन्।
उनले आफूले सोचेजस्तो र चाहेजस्तो केटा पाउन सकेकी छैनन्। अहिले त घर परिवारमा आमाबुबाले पनि विवाहका लागि दबाब दिइरहेका छन्।
“आफ्नो छोराछोरीको घरजम भएको, नातिनातिनी खेलाउने चाहना हरेक आमाबुबाको हुन्छ।” उनले भनिन्, “त्यही भएर होला आजभोली अलि बढी नै दबाब दिइराख्नुभएको छ। आफुले पनि अब त विवाह गर्नुपर्छ भनेर सोचिरहेकी छु।”
" /> काठमाडौं। एक समय थियो, हरिदेवी कोइराला, शर्मिला गुरूङ लगायत सर्जकका तीज गीत सुन्न सबै लालायित हुन्थे। हरिदेवीले तीज गीतलाई शिखरमा पुर्याईन्। उनले गाएका गीतमा नारी मनको पीडा बोल्यो, गाउँघरको संस्कृति झल्किन्थ्यो, छोरी चेलीका वेदना बोल्थ्यो।जब उनीहरू विस्तारै निस्क्रिय बन्दै गए। तब तीज गीत भड्किलो, उच्छृङ्खल हुन थाल्यो। यहिबीच तीज गीतको संस्कृति धान्न आईपुगिन सुनिता दुलाल।

">