काममा फर्कँदै अक्षय कुमार, भन्छन्- कोरोनासँग डराएर कति दिन बाँच्ने?
<p>काठमाडौं। बलिउड अभिनेता अक्षय कुमारले कोरोना भाइरस संक्रमण हुन सक्ने डरका कारण सधै घरभित्र बस्न नसकिने भन्दै काम सुरु गरेका छन्।</p>
<p>तीन महिननाअघि कोरोना भाइरसको महामारीबाट जोगिन सामाजिक दुरी कायम राख्ने, नियमित हात धुनेलगायतका काम गर्न आह्वान गर्दै विज्ञापन खेलेका अक्षय फिल्म सुटिङमा फर्किएका हुन्।</p>
<p>गत महिना १० दिनको बीचमा अक्षयले सातवटा विज्ञापनको सुटिङ गरेका थिए। रक्षाबन्धनको दिन हिजो नयाँ फिल्म रक्षा बन्धनको घोषणा गरेका अक्षयले यसै महिना बेलायतमा नयाँ फिल्म बेलबटमको सुटिङ सुरु गर्नेछन्। अक्टोबरमा उनको अर्को फिल्म अन्तरंगीको सुटिङ सुरु हुने बताइएको छ।</p>
<p>“हो म डराएको थिएँ। तर हामी कहिलेसम्म डराएर बस्ने। यो महामारी भर्खर सुरु हुँदा कोरोना भाइरसले मानिसलाई कसरी प्रभावित गर्छ भन्ने विषयमा हामीलाई थोरैमात्र जानकारी थियो। त्यसैले त्योबेला डर धेरै थियो,” अक्षयलाई उद्यृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्, “तर अहिले यसको बारेमा धेरै जानकारी भइसकेको छ। रोग प्रतिरोध क्षमता बलियो भए यो भाइरसलाई हराउन सकिन्छ। त्यसैले मैले पूरा सावधानी अपनाएर काममा फर्किने निर्णय गरेको हुँ।”</p>
प्रतिक्रिया दिनुहोस्
