काठमाडौं। चार महीनादेखि जीम बन्द छन्। कोरोना महामारीबाट बच्न गरिएको लकडाउनमा कारण जीम बन्द गरिएका थिए। जीम बन्द भएसँगै धेरैजसो बलिउडकर्मीहरू घरमै व्यायाममा बस्त बने। आफ्नो शरीरलाई दुरूस्त राखेर अपकमिङ प्रोजेक्टको लागि तयारीमा छन्।
वरुण धवन, शाहरूख खान, अर्जुन कपुर लगायतका बलिउडकर्मी आफ्नो फिट्नेसमा ध्यान दिइरहेका छन्। उनीहरू आफ्नो प्रशिक्षकमार्फत ‘भर्चुअल ट्रेनिङ’ लिइरहेका छन्।

लकडाउनकाबीच जीम बन्द हुँदा उनीहरू प्रशिक्षक प्रशान्त सावन्तबाट भर्चुअल ट्रेनिङ लिइरहेका छन्। जीम हलमै गए जस्तो गरी प्रशिक्षण हुन नसकेको भन्दै प्रशान्तले भने, “अब नयाँ प्रोजेक्ट शुरू हुने तयारीमा छ। उनीहरूले त्यही अनुसार फरक फरक तरिकाले शरीरलाई फिट्नेसमा राख्नुपर्छ। तर, त्यो हुन सकेको छैन। तैपनि भर्चुअलमार्फत केही मात्रामा भएपनि त्यसको परिपूर्ति भइरहेको छ।”
उनीहरू सबै जना आ–आफ्नै घरमा रहेकाले स्पेशल वर्कआउटमा ध्यान दिन नसकिएको उनको भनाइ छ। उनीहरूले आगामी गर्ने चलचित्रका लागि आफ्नो शरीरको फिट्नेसमा निकै ध्यान दिनुपर्छ। तर, त्यस्तो नहुने उनले बताए। बलिउड अभिनेत्रीहरूले पनि आफूलाई फिट्नेस राख्न नियमित व्यायाम गर्दै आएका छन्। अभिनेत्री शिल्पा सेट्टी, विपासा वसु, कटरिना कैफ, साराअली खान लगायतले घरमै व्यायाम गर्दै आएका छन्।

उनीहरूले पनि आफ्ना प्रशिक्षकमार्फत भर्चुअल ट्रेनिङ लिइरहेका हुन्। कटरिनाले त अरूलाई समेत भर्चुअल ट्रेनिङ दिइरहेकी छिन्। भिडिओ बनाउनुका साथै जुम मार्फत अरूलाई जानकारी दिइरहेकी हुन्।
" /> काठमाडौं। चार महीनादेखि जीम बन्द छन्। कोरोना महामारीबाट बच्न गरिएको लकडाउनमा कारण जीम बन्द गरिएका थिए। जीम बन्द भएसँगै धेरैजसो बलिउडकर्मीहरू घरमै व्यायाममा बस्त बने। आफ्नो शरीरलाई दुरूस्त राखेर अपकमिङ प्रोजेक्टको लागि तयारीमा छन्।वरुण धवन, शाहरूख खान, अर्जुन कपुर लगायतका बलिउडकर्मी आफ्नो फिट्नेसमा ध्यान दिइरहेका छन्। उनीहरू आफ्नो प्रशिक्षकमार्फत ‘भर्चुअल ट्रेनिङ’ लिइरहेका छन्।

">