काठमाडौं। पछिल्लो समय भारतको मुम्बईमा रहेकी नायिका निरुता सिंहले भुवन केसी नै आफ्नो लागि रियल हिरो रहेको प्रतिक्रिया दिएकी छिन्। भुवन केसीमाथि नायिकालाई दुर्व्यवहार गरेको आरोप लागिरहेका बेला एक समयकी चर्चित नायिका निरुताले यस्तो प्रतिक्रिया दिएकी हुन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्, “मलाई आज पनि सम्झना आउँछ दार्जिलिङमा छँदाको त्यो बेलाको, जुन बेला हामी साथीभाइहरू बसेर सिनेमाको नायक अनि नायिकाको बारेमा कुरा गर्ने गर्थ्याैँ। हिन्दी चलचित्र हेर्न त्यति पाइँदैनथियो। तर, नेपाली चलचित्र आयो भने बाबा आमाले आफैं लिएर जानु हुन्थ्यो।”
दार्जिलिङमा नेपाली चलचित्रको नायक/नायिका भनेर चिनेको नै भुवन केसी र तृप्ति नाडकर रहेको निरुताले उल्लेख गरेकी छन्। त्यो बेला भुवनसँग चलचित्रमा काम गर्ने पाउँछु भन्ने पनि नसोचेको भन्दै उनले लेखेकी छिन, “म नयाँ कलाकारलाई जुन तरिकाले सहयोग गर्नुभयो त्यो देखेर म झनै उहाँको फ्यान भएँ। यसका लागि म आफैंलाई नै भाग्यमानी ठान्छु।”
भुवनले आफूलाई गरेको सहयोग र मायालाई जीवनको अन्तिम दिनसम्म पनि नभुल्ने उनको भनाइ छ। ‘दक्षिणा’मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी निरुता एक दशक नै नेपाली चलचित्र क्षेत्रमा राज गरेकी थिइन्। आफू चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि नै भुवनसँग चिनजान भएको भन्दै आफ्नो लागि उनी नै महानायक भएको बताएकी छन्।
सामाजिक सञ्जालमा लेखेको स्टाटसमा भुवनलाई महानायक भनेको भन्दै कमेन्टमार्फत उनलाई गालीगलौज नै भएको छ। त्यसको जवाफमा आफूले राजेश हमाल महानायक होइन भनेर कहिल्यै पनि नभएको बताएकी छन्।
आफ्नो लागि भुवन नै महानायक भएको दाबी गर्दै उनले लेखेकी छिन्, “म जब चलचित्र क्षेत्रमा प्रवेश गरेको थिएँ। त्यतिबेलादेखि नै मैले चिनेको र जानेको नायक भने पनि महानायक भनेपनि भुवन दाई हो। म त्यो बेलादेखि नै भुवन केसीको फ्यान हुँ। र, मैले त्यो बेलाको मेरो ‘सपनाको महानायक’ भनेर आफ्नो त्यो बेलाको मनको भावना लेखेको हो।”
" /> काठमाडौं। पछिल्लो समय भारतको मुम्बईमा रहेकी नायिका निरुता सिंहले भुवन केसी नै आफ्नो लागि रियल हिरो रहेको प्रतिक्रिया दिएकी छिन्। भुवन केसीमाथि नायिकालाई दुर्व्यवहार गरेको आरोप लागिरहेका बेला एक समयकी चर्चित नायिका निरुताले यस्तो प्रतिक्रिया दिएकी हुन्।सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन्, “मलाई आज पनि सम्झना आउँछ दार्जिलिङमा छँदाको त्यो बेलाको, जुन बेला हामी साथीभाइहरू बसेर सिनेमाको नायक अनि नायिकाको बारेमा कुरा गर्ने गर्थ्याैँ। हिन्दी चलचित्र हेर्न त्यति पाइँदैनथियो। तर, नेपाली चलचित्र आयो भने बाबा आमाले आफैं लिएर जानु हुन्थ्यो।”

">