काठमाडौं। हरेक मानिसहरू कुनै न कुनै सपनामा बाँधिएका हुन्छन्। हरेक क्षण सपनाबारे सोचिएकै हुन्छ। सपना पनि के के हुन्छन्। कोहीले भविष्यमा ठूलो मान्छे बनेर धन कमाउने, नाम कमाउने सपना हुन्छ। दिनमा मनले सोच्ने सपना हुन्छन् भने राति सुत्दा आउने सपना अर्कै हुन्छ। तर, हामीले सोंचेका सपना र चलिरहेको जिन्दगीमा आकाश पातालको फरक हुन्छ।
सपनामा डुबेर एउटा बाटोबाट अगाडि बढिरहँदा जीन्दगी भने अर्कै बाटोबाट आफ्नो गन्तव्यमा हिँडिरहेको हुन्छ। सपना र जीन्दगीको तालमेल मिल्दैन। तर, पनि सपना देख्न छोड्दैन। मानिसको जिन्दगी सोंचेझै कहाँ हुन्छ र ? हामीले सबै यो यथार्थ बुझेका छौं।
लाउन मन थियो जापानी सारी,
टेबुलमा कायौं र ऐना छ,
बस्नु पर्यो मन मारी मारी,
सोंचेझै जीन्दगी रैन छ। सोचेझै जीन्दगी रैनछ।
अहिले चर्चामा रहेका गायक खेम सेन्चुरीले यो गीत बजारमा ल्याए। यो गीत यति चर्चामा रह्यो कि सामाजिक सञ्जाल फेसबुक, ट्वीटरदेखि टिकटकमा समेत भाइरल बन्यो। सानो भिडिओ बनाउन मिल्ने टिकटकमा यसले धेरैको मन जितेको छ।

यो गीतलाई मात्र रूचाइएको छैन्, यसको भिडिओको पनि निकै प्रशंसा भएको छ। गायक तथा यस गीतका संगीतकार खेम सेन्चुरी यो गीतलाई आफ्नो जीवनमा हुने गरेका घटनालाई लक्षित गरेर रचना गरिएको बताउँछन्। नेत्र अर्यालसँग मिलेर तयार पारिएको यो गीतले वर्तमान अवस्थालाई देखाउन खोजको छ।
“अहिलेको परिवेश तथा अहिलेको अवस्थामा भोलि के हुन्छ भन्ने कसैलाई थाहा छैन। त्यसमा झन कोरोनाका कारण भविष्यमा के हुन्छ कसैले भन्न सक्ने अवस्था छैन। यिनै कुरालाई ध्यानमा दिएर गीत रचना गरेको हुँ,” गायक सेन्चुरीले भने। कोरोना महामारीपछि लकडाउनका कारण घरभित्रै सीमित रहेका बेला यो गीत रचना गरिएको हो।
“हामी कसैलाई पनि जिन्दगीबारे थाहा छैन। अब के हुन्छ भन्ने कुरा कसैले अनुमान गर्न सक्दैन”, उनले भने, “भविष्यमा थाहा नहुने कुरालाई गीतमा देखाउन खोजेको हुँ।” प्रकाश भट्टले निर्देशन गरेको म्यूजिक भिडिओमा मोडल अञ्जली अधिकारी, ओवी रायमाझी, लोमसन शर्मा र रुविना अधिकारीको अभिनय छ। उनीहरूको नृत्य पनि एकदमै राम्रोसँग बनेको सेन्चुरीको भनाइ छ।

खेमको संघर्ष :
सानैदेखि गीतसंगीतप्रति उनको निकै रूचि थियो। बाल्यकाल भारतमा बिताएका उनी बुबाको चाहना अनुसार अगाडि बढेको भए अहिले इण्डिन आर्मी हुने थिए। आमाको सपना भनेको छोरालाई जे गर्न मन छ त्यही बन्न दिनुपर्छ भन्ने थियो। आमाको चाहना र आफ्नो रूचि अनुसार उनी अगाडि बढ्दै गए।
आज आमाको भनाइअनुसार गीत संगीतमार्फत चर्चामा आइरहेका छन्। लामो समयदेखि नै गीतसंगीत क्षेत्रमा लागिरहेका उनी यसअघि आफ्नो जीविकोपार्जन गर्न सक्नेगरी आम्दानी गरिरहेका थिए। तरपनि आमाबुबाको चाहना भनेको विदेश गइदिइएको भए हुन्थ्यो भन्ने थियो।
“यो बीचमा मैले थुप्रै आरोह अवरोध झेल्दै आएँ। आफ्नो जीविकोपार्जन गर्दै आउँदा थुप्रै समस्याको सामना गर्नुपर्यो। तर, पनि मैले आफ्नो लगनशिलता, मिहेनत र गीत संगीतप्रतिको लगाव छोडिन। त्यसैको फल हुनुपर्छ आजको यो सफलता”, उनले भने।
००००
यो वर्ष सार्वजनिक भएको धेरै गीतले उनलाई चिनायो। नाम र दाम दुवै कमाउने मौका पाए। अर्थात् यो वर्षको उनको लागि भाग्य खुल्ने वर्ष जस्तै बन्यो। “अहिलेसम्मको मिहिनतको फल हुनुपर्छ। दर्शक-स्रोताले माया गर्नुभएको छ। म यसैमा खुशी छु”, उनले भने।
एक समय भाइरल बाल गायिकाको रूपमा चिनिएकी कमला घिमिरेसँग उनले यो वर्षको पहिलो तीज कोशेली ल्याए। उनले आफैंले अभियन पनि गरे।
तीजैको महीना ननाची भैन,
हा..लरिलरि लै लै रुन्छु बरिलै
खै मलाई काइयो, खै मलाई ऐना,
रुन्छु बरिलै रुन्छु बरिलै।
यो वर्षको तीज गीतबाट उनको चर्चा बढ्यो। २०२० जुन २२ मा युट्युबमा अपलोड भएको उक्त भिडिओले अहिलेसम्म ६८ लाख ७३ हजार बढी भ्यूज पाएको छ। त्यसपछिबाट भने उनलाई सफलताले काँधमा बोकेर हिडिँरहेको छ। तीजकै दोस्रो गीतको रूपमा उनले ‘तीज महामारी काण्ड’ ल्याए। पुरुषोत्तम पौडेल, सर्मिला गुरूङ, देवी घर्ती मगरसँग मिलेर गाएको गीतमा कोरोना महामारीका कारण विदेशबाट आएपछि भोग्नुपरेको समस्या उठान गरिएको छ। यो वर्ष एक दर्जन बढी तीज गीत निकालिसकेका सेन्चुरीलाई आधी कपाल बोलको गीतले राम्रै सेलिब्रेटी बनाएको छ।
व्यस्तता बढ्यो
एकपछि अर्को चर्चित गीत ल्याइरहेका सेन्चुरीको व्यस्तता निकै बढेको छ। गीत रचना, संगीत भर्नुपर्ने, छायांकन लगायतका कामले उनलाई अति नै व्यस्त बनाएको छ। कामको चापले उनले आफनो बुबाको जन्मदिन पनि बिर्सिए। १ जुलाईमा बुबाको जन्मदिन थियो। तर, व्यस्तताका कारण उनी भुसुक्कै बिर्सिए।

सामाजिक सञ्जालबाटै बुबालाई जन्मदिनको शुभकामना दिए, ‘कामको चाप र प्रेसरले गर्दा भुसुक्कै बिर्सेंछु नी..! जन्मदिने कर्मदिने मेरो बाबालाई जन्मदिनको शुभकामना, छोराले दुख गर्दैछ केरे हजुरको शिर उच्च हुने काम सधै गर्नेछ, पिर चिन्ता भने कत्ति नलिनु र एक दिन सुःखको दिन कसो नआउला र, हजुर बिरामी हुनुहुन्छ, राम्रोसँग आफ्नो ख्याल गर्नुहोला बाँकी म छँदैछु।’
" /> काठमाडौं। हरेक मानिसहरू कुनै न कुनै सपनामा बाँधिएका हुन्छन्। हरेक क्षण सपनाबारे सोचिएकै हुन्छ। सपना पनि के के हुन्छन्। कोहीले भविष्यमा ठूलो मान्छे बनेर धन कमाउने, नाम कमाउने सपना हुन्छ। दिनमा मनले सोच्ने सपना हुन्छन् भने राति सुत्दा आउने सपना अर्कै हुन्छ। तर, हामीले सोंचेका सपना र चलिरहेको जिन्दगीमा आकाश पातालको फरक हुन्छ।सपनामा डुबेर एउटा बाटोबाट अगाडि बढिरहँदा जीन्दगी भने अर्कै बाटोबाट आफ्नो गन्तव्यमा हिँडिरहेको हुन्छ। सपना र जीन्दगीको तालमेल मिल्दैन। तर, पनि सपना देख्न छोड्दैन। मानिसको जिन्दगी सोंचेझै कहाँ हुन्छ र ? हामीले सबै यो यथार्थ बुझेका छौं।

">