काठमाडौं। गायक रामजी खाँडले तीज गीत यूट्युबबाट हटाएका छन्। यो वर्षको तीज कोसेली रूपमा ल्याएका ‘सबै राजा, सबै दादा’बोलको गीत उनी आफैंले हटाएका हुन्।
गीतको भिडिओ बढी उत्ताउलो भएको भन्दै आफैंले सेन्सरसीप गरेर हटाएको खाँडले बताए। अहिलेको गीत संगीत बजारमा विकृति बढेको भन्दै आफ्नो उक्त गीतले पनि विकृतिलाई टेवा पुग्ने देखेर हटाएको उनको भनाइ छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका द्धितिय उपाध्यक्ष समेत रहेका गायक खाँडले सेल्फ सेन्सरसीप लगाएर गीत हटाएको दाबी गरेका छन्।
“आफैं प्रतिष्ठानभित्र छु। तीज गीतका नाममा मैंले नै विकृतिलाई बल पुर्याएँ कि भन्ने लाग्यो, स्वविवेक प्रयोग गरेर हटाएको हुँ। यसमा कसैको दबाब छैन।” खाँडले देखापढीसँग भने।
गीत हटाएकोमा प्रतिष्ठानमा पूर्वअध्यक्ष बद्रि पंगेनीले धन्यवाद दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली लोक संगीतमा अभिभावकत्व ग्रहण गर्दै गीत हटाएको भन्दै उनले सबैले सच्चिने बेला आएको बताए।
तीज गीतको नाममा विकृती भित्रिरहेको भन्दै प्रष्ठिानले त्यस्तो नगर्न सबैमा अनुरोधसमेत गरेको थियो। तीज गीतको मर्म र लयलाई चुनौती दिदैं तीज ब्याटल, गीतार बजाउँदैं स्ट्याण्डअप जस्ता गीत बजारमा आइरहेका छन्।
" /> काठमाडौं। गायक रामजी खाँडले तीज गीत यूट्युबबाट हटाएका छन्। यो वर्षको तीज कोसेली रूपमा ल्याएका ‘सबै राजा, सबै दादा’बोलको गीत उनी आफैंले हटाएका हुन्।गीतको भिडिओ बढी उत्ताउलो भएको भन्दै आफैंले सेन्सरसीप गरेर हटाएको खाँडले बताए। अहिलेको गीत संगीत बजारमा विकृति बढेको भन्दै आफ्नो उक्त गीतले पनि विकृतिलाई टेवा पुग्ने देखेर हटाएको उनको भनाइ छ।

">