नेताहरूलाई हरिवंश आचार्यको व्यङ्ग्य, 'तिमी के को जान्ने?'

काठमाडौं। चर्चित हास्य कलाकार हरिवंश आचार्यको गाइजात्रा गीत सार्वजनिक भएको छ। राजनीति दलहरूप्रति समर्पित गरिएको 'तिमी के को जान्‍ने' बोलको गीतमा हरिवंशकै शब्द, स्वर तथा संगीत रहेको छ।

यो गीतमा नेताहरूले आफूलाई मात्र सबै कुरा जान्‍ने, आफू मात्रै ठूलो मान्‍ने विषयलाई व्यंग गरिएको छ। भिडिओमा हरिवंशसँगै शशीकुमार खड्का, किरण तुलाधर, विकास भट्टराई, सुष्मा कार्की, धनराम मुस्कान, जयाराम कार्की, गोभिन्द दुलाललगायतको अभिनय छ।

शक्तिमा रहेको एक नेताको चाकडी कसरी गरिन्छ र उसले आफूलाई कसरी देवत्त्वकरण गर्छ, भन्‍ने विषयलाई पनि आचार्यले यो भिडिओमा राम्ररी चित्रण गरेका छन्।

सागरराज शर्माको निर्देशन रहेको भिडिओमा हरि हुमागाँइको छायांकन र सुशील न्यौपानेको सम्पादन छ।

भिडिओमा हरिवंश आचार्यलाई नेताको भूमिकामा देख्‍न सकिन्छ। उनका साथमा शशीकुमार खड्का, किरण तुलाधर, विकास भट्टराईलगायतले भिडिओमा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्