ज्योती मगर र नेत्र भण्डारीको तीज ब्याटल ‘भेडा भर्सेज कोईली’ सार्वजनिक
<p>काठमाडौं। यतिबेला तीज गीतले बजार तताएको छ। युवा तथा आधुनिक पुस्ता लक्षित गरिएको भन्दै फरक खालका तीज गीत ल्याउने लहरै चलेको देखिन्छ।</p>
<p>परम्परात गीतका भाकालाई चुनौती दिँदै चर्चित गायिका ज्योती मगरको तीज ब्याटल सार्वजनिक भएको छ।</p>
<p>गायिका ज्योती मगर र गायक नेत्र भण्डारीको स्वरमा रहेको तीज ब्याटल ‘भेडा भर्सेज कोईली’ सार्वजनिक भएको हो। करन न्यौपानेको शब्द-संगीत रहेको ब्याटलमा ज्योतिसँगै यशराज, नरेश, जेम्स, निरज, पुजन, रुविना लगायतको अभियन छ।</p>
<p>अशोक विकले निर्देशन गरेको भिडियोलाई रविन विकले सम्पादन गरेका छन्। लामो समयदेखि सांगितीक क्षेत्रमा सक्रिय रहेका गीतकार न्यौपानका यसअघि उहि मुलाको सिन्की, उहि मुलाको चाना, ‘झिम्काईदेउ परेली हाई मेरी तिते करेली, नाई बाबा नाई लगायतका गीतले खुबै चर्चा पाएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
