'चिसो मान्छे' र 'लकडाउन' चलचित्रको निर्देशन दीपेन्द्रले गर्ने
यी दुवै चलचित्र बिहीबार चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ। शर्मिला पाण्डे निर्माता रहने दुवै चलचित्रमा सामाजिक विषय नै समेटिने निर्देशक खनाल बताउँछन्।
"'चिसो मान्छे'को स्क्रिप्ट लेखनको काम भइरहेको छ," उनले भने, "कोरोना महामारीको कहर सकिएर अवस्था सहज भएपछि मात्र चलचित्रको छायांकन हुनेछ।"
“स्क्रिप्ट लेखन सकिएपछि कलाकार छनोट, छायांकनका लागि ठाउँ निर्धारणजस्ता काम गरेर मात्र अगाडि बढ्छौं,” उनले थपे, "कोरोना महामारीसँगै जारी भएको लकडाउनबारे पनि चलचित्र निर्माण गर्न थालिएको हो। 'लकडाउन' चलचित्रमा लकडाउनकै कथावस्तु हुनेछ।"
यसअघि दीपेन्द्रको निर्देशनमा सामाजिक विषयवस्तुमा आधारित ‘आमा’ चलचित्रले निकै चर्चा पाएको थियो। ‘लभ लभ लभ’ बाट सुरू भएको दीपेन्द्र सर्मिलाको सहकार्य 'चङ्गा चेट', 'आमा'लगायतका चलचित्रमा पनि रहेको थियो।  जसमध्ये 'आमा' चलचित्र व्यावसायीक दृष्टिकोणमा सफल रह्यो।
प्रतिक्रिया दिनुहोस्