गायक ज्ञानसिंहको तामाङ भाषामा नयाँ गीत सार्वजनिक
<p>काठमाडौं। ज्ञानसिंह वाइबाले पुन: एक तामाङ भाषाको मौलिक गीत ल्याएका छन्। गायिका जितु लोप्चनसँग मिलेर कोरोना भाइरस र परदेशीको पीडामा आधारित तामाङ गीत ‘परदेशी ज्यो ज्यो’ सार्वजनिक गरेका हुन्।</p>
<p>डम्फुला चरी, बैरागी च्याङ्वा, सिन्धुली नाम्सा तथा ठूली कान्छीजस्ता चर्चित तामाङ गीतहरू यसअघि नै बजारमा ल्याइसकेका ज्ञानसिंहले यो गीतमा शब्द-संगीत आफैंले भरेका हुन्।</p>
<p>उक्त गीतलाई नेपाली र अंग्रेजी दुवै भाषामा 'सबटाइटल' पनि राखिएको छ। सबटाइटलको काम ईन्द्रकुमार तामाङले गरेका हुन्। मौलिक गीत-संगीतको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले यो गीत तयार पारिएको गायक ज्ञानसिंहले बताए।</p>
<p>"विदेशमा रहँदा पाउने दु:ख, ऋणको समस्या, दु:खले कमाएर पठाएको पैसा श्रीमतीले मोजमस्तिमा उडाएर छोराछोरी विचल्लीमा पार्ने विषयलाई पनि गीतमार्फत व्यक्त गर्ने कोसिस गरेको छु", गायक ज्ञानसिंहले भने।</p>
प्रतिक्रिया दिनुहोस्
