काठमाडौं। सुशान्तसिंह राजपूतलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध आत्महत्या दुरुत्सानहको मुद्दा परेको छ। सुशान्तका बुबा केके सिंहले पटनामा उजुरी दर्ता गराएका हुन्। घटना भएको ठाउँ मुम्बई प्रहरीले उजुरी दर्ता गराउन नमानेपछि केके पटना पुगेका थिए।
उजुरीपछि घटनाको छानबिन गर्न तथा रियालाई नियन्त्रणमा लिन पटना प्रहरीको एक टोली उनको घरमा पुग्यो। तर, उनी घरमा थिइनन्। आफ्नो घरमै रहेको जानकारी दिएपछि गएको प्रहरी टोली अन्ततः रित्तो हात फर्किएको हो। प्रहरी उनको घर पुगेको केही समयपछि रियाको तर्फबाट सर्वोच्च अदालतमा केशलाई मुम्बईमै छानबिन गर्न माग गर्दै निवेदन दिएका छन्।
महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले यो घटनाको छानबिन गर्न सीबीआईलाई दिन इन्कार गरेका छन्। प्रहरी अधिकारीसँगको छलफलपछि गृहममन्त्रीले यस्तो निर्णय गरेका हुन्। बिहारबाट मुम्बई पुगेको प्रहरी टोलीले नै सुशान्तको बैंक एकाउण्टबाट भइरहेको कारोबारको जाँच गर्नेछ।
प्रहरीका अनुसार उनले पटक-पटक किन सिम परिवर्तन गर्दै आएका थिए त्यसबारे पनि अनुसन्धान हुनेछ। प्रहरीले उनको कल डिटेल्स विश्लेषण गर्ने र उनको उपचार गराइरहेका चिकित्ससँग पनि सोधपुछ गर्नेछ। १४ जूनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृत भेटिएका थिए।
उनकी प्रेमिका रियाले पनि यसअघि पटकपटक सत्यतथ्य छानबिनको माग गर्दै आएकी थिइन्। सुशान्तका बुबा कृष्ण किशोर सिंहले रियासहित उनको बुबा इन्द्रजीत, आमा सन्ध्या, भाई शोविक र दुई म्यानेजर सौमिल चक्रवर्ती र श्रुती मोदीविरुद्ध उजुरी दिएका हुन्।
" /> काठमाडौं। सुशान्तसिंह राजपूतलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध आत्महत्या दुरुत्सानहको मुद्दा परेको छ। सुशान्तका बुबा केके सिंहले पटनामा उजुरी दर्ता गराएका हुन्। घटना भएको ठाउँ मुम्बई प्रहरीले उजुरी दर्ता गराउन नमानेपछि केके पटना पुगेका थिए।उजुरीपछि घटनाको छानबिन गर्न तथा रियालाई नियन्त्रणमा लिन पटना प्रहरीको एक टोली उनको घरमा पुग्यो। तर, उनी घरमा थिइनन्। आफ्नो घरमै रहेको जानकारी दिएपछि गएको प्रहरी टोली अन्ततः रित्तो हात फर्किएको हो। प्रहरी उनको घर पुगेको केही समयपछि रियाको तर्फबाट सर्वोच्च अदालतमा केशलाई मुम्बईमै छानबिन गर्न माग गर्दै निवेदन दिएका छन्।

">