काठमाडौं। चार महिने बालकलाई मृत्युको के शोक ! उसलाई आफ्नो मान्छे गुमाउनुको के सुर्ता। हो, त्यही अवस्थामा थिए, मनोज गजुरेल। जुन बेला उनले आफ्ना बुवा गुमाउनु पर्यो। गजुरेलले आफ्ना बुवालाई तस्वीर बाहेक केही महसुस गर्न पाएनन्। शिशु अवस्थामै बुवाको निधन हुदाँ उनकी आमा २९ वर्षकी थिइन्।
“तर, मलाई आमाको न्यानो काख र हौसलाले कहिल्यै बुवाको कमी हुन दिएन,” उनी सम्झन्छन्। ताप्लेजङ्गबाट ७ वर्षको उमेरमा परिवारसँगै उनी झापा झरे। झापामा माध्यमिक शिक्षा सक्दासम्म पनि उनी भविष्यप्रति आशावादी बन्न सकेका थिएनन्, ‘कमेडी केटो’को ट्याग भने उनले त्यतिबेलासम्म पाइसकेका थिए।
“सानो छँदा मेरो स्वभाव निक्कै चञ्चले थियो। गाउँका हरेक घर–घरमा पुगेर चुटकिला सुनाउथेँ। स्कुलबाट फर्किनेबित्तिकै घर पुग्ने बित्तिकै आगनबाटै पिढींमा किताब फ्याँकेर गाँउ डुल्न हुईकिहाल्थेँ, चुटकिला भन्नकै लागि,” देखापढीसँगको भलाकुसारीमा गजुरेल खुल्दै गए, “बाख्रा, गाई, बिरालो जस्ता जनावरको आवाज निकालेर सबैलाई हसाउँथेँ। मेरो त्यो स्वभावले सबै दंग पर्थे, मेरो हौसलालाई चाहिँ गाउँलेहरूको प्रतिक्रियाले प्रत्येक दिन थप उचाइ दिन्थ्यो। दुई/चार वटा चुटकिला सुनाउन पाए मलाई अरु केही चाहिदैन्थ्यो।”

भविष्यमा कलाकार बन्ने उनको कुनै योजना थिएन। तर, थाहै नपाइकन गजुरेल कलाकार बनिसकेका थिए। उनमा कलाकारिता प्रवेश गरिसकेको थियो। त्यसको भेउ पाउन पनि उनले निक्कै कुर्नुपर्यो। नेपाली कला क्षेत्रको एउटा नक्षत्रका रूपमा स्थापित हुँदासम्म गजुरेलले बिर्सन नसकेका मुख्य कुरा छन्।
पहिलो : गाउँलेहरूबाट पाएको हौसला।
दोस्रो : परिवारको सहयोगी व्यवहार
छोरो यस्तै बनोस् भनेर आमा वा भाईले यसै गरोस् भनेर दाईहरूले कहिल्यै उनलाई लगाम लगाएनन्। “वस् अशल मान्छे बनोस् भन्ने उहाँहरूको अपेक्षा थियो,” गजुरेल भन्छन्। त्यसैक्रममा उनी पारिवारसँगै २०४५ सालमा काठमाडौँ प्रवेश गरे। काठमाडौं त छिरे तर उनीसँग कुनै योजना थिएन। साथीसंगतकै कारण आरआर क्याम्पसमा राजनीति थाले। विद्यार्थी नेताको पगरी पनि गुथे। तर, गजुरेलको कलाकार मनले राजनीतिलाई धेरै दिन सहन सकेन।
२०५२ सालमा पहिलोपटक गुडनाइट एफएममा उनले हास्य व्यङग्य कार्यक्रम चलाए। त्यो उनको पहिलो जागिर थियो। तलब ‘पच्चिस सय रूपैयाँ।’
राजनीतिमा मन भन्दा दिमाग बढी चलाउनुपर्ने, तर कलाकारको दिमागको तुलनामा मन चलयमान हुने कारण थियो, राजनीतिसँग गजुरेलको सम्बन्ध विच्छेद हुनुमा। राजनीति छोड्नुको अर्को पनि कारण थियो, ‘बच्चा बेलादेखि गर्दै आएको क्यारिकेचर र कलाकारिताको भोक उनमा बढ्दो थियो।’
पत्रकारिता विषय लिएर स्नातक गरिरहेका उनी हरेक पल आफूमा भएको कला पस्कने माध्यम खोजिरहेका हुन्थे। हाँस्य व्यङग्यमा बाल्यकालदेखि नै पारंगत भएकाले होला यही क्षेत्रले उनलाई तानिरहेको थियो। “क्याम्पसमा विभिन्न साथीभाई तथा देशका ठूला मानिस र सरहरूका क्यारिकेचर गर्दा, चुटकिला सुनाउँदा साथीहरू भुतुक्कै हुन्थे। २०४६ सालको आन्दोलन मेरो कलाकारिता यात्राले औपचारिकता पाउनका लागि महत्वपूर्ण बन्यो,” उनी अतिततिर फर्किए, “त्यो बेला म पदमोदय क्यामपसमा पढिरहेको थिएँ। आन्दोलनसँग सम्बन्धित विभिन्न घटनाहरूवारे नाटकहरू मञ्चन गर्न थालेँ। त्यसले मेरो क्षमता निखार्दै लग्यो। सँगै मानिसहरूको बीचमा सम्भावना बोकेको एउटा कलाकारको रूपमा परिचय पनि दियो।”
शहरमा विस्तारै उनको चर्चा चुलिदै थियो। विभिन्न बालकार्यक्रम, रसरङ्ग, चौतारी, दिन–प्रतिदिन जस्ता रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबाट पनि क्यारिकेचर गर्ने अफर आउँन थाल्यो। त्यो कुरा गुडनाइट एफएमसम्म पुग्यो। २०५२ सालमा पहिलोपटक गुडनाइट एफएममा उनले हास्य व्यङग्य कार्यक्रम चलाए। त्यो उनको पहिलो जागिर थियो। तलब ‘पच्चिस सय रूपैयाँ।’

“हातमा पहिलोपटक त्यति पैसा पर्दा एकछिन त मलाई होस गुमाए जस्तै भयो। दिन हो कि रात ठम्याउनै गाह्रो भयो। तर सम्हालिएँ,” हास्य कलाकार हुनुको प्रमाण उनले देखापढीलाई पनि दिए, “अब मेरो पेशा कलाकारिता हो।” त्यही वर्ष नै उनले गाईजात्रामा पहिलो पटक ब्रेक पाए। त्यही वर्ष सिस्नुपानी नेपालका संस्थापक सदस्य पनि भए। २०५२ साल उनको जीवनमा दोस्रो जन्म लिएर पो आएको रहेछ।
गाईजात्रा, सिस्नुपानी तथा अन्य हास्यव्यङ्गका भिडिओहरूमा देखा पर्न थालेपछि उनको ख्यातीले मेची–महाकालीको सिमाना नाघ्न थाल्यो। संसारभर छरिएर बसेका नेपालीहरूबाट कार्यक्रमका लागि निम्तो आउने क्रम शुरू भयो। हङकङ– उनको पहिलो विदेश भ्रमण थियो, जुन २०५४ मा गरेका थिए।
कुनै गाईजात्रामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, कुनैमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिङपिङ वा डोनाल्ड ट्रम्प बनेर हसाँउने गजुरेल यस वर्षको गाईजात्रामा विश्व स्वास्थ्य संगठनका प्रमूख डा. टेड्रोस अडानोम गेब्रियसस बन्दैछन्।
हङकङमा उनको “स्ट्यान्ड अप कमेडी”ले यसरी दर्शकको मन जित्यो कि त्यसले उनको ख्यातीलाई अन्तर्राष्ट्रियकरण गर्यो। कतिपयले मनोज गजुरेललाई ‘कमेडीका राजा’ समेत भन्न थाले। उनले गर्ने व्यङ्गका तिखा वाणले बालकदेखि वृद्ध र सर्वसाधरणदेखि बाैद्धिक जमातलाई आकर्षण गरेको थियो।
२०६२–६३ सालको लोकतान्त्रिक आन्दोलनका बेला पूर्वराजा ज्ञानेन्द्र शाहको नक्कलले उनको उचाई अझै थप्यो। अन्तर्राष्ट्रिय मिडिया बीबीसीले उनको क्यारिकेचर क्षमतालाई लिएर अन्तरवार्ता लियो। तीन वर्षअघि सिस्नुपानीको कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गर्दा उनी विश्वकै स्थापित हास्यव्यङग्य कलाकार भनेर चिनिए, चर्चा पनि पाए।
अमेरिकामा रहेको सिविएस सञ्चार संस्थाले उनलाई सम्मान गर्नुमा कारण त्यही थियो। बेलायतको लोकप्रिय पत्रिका गार्जियनले समेत उनको बारेमा समाचार बनायो। विश्वमा ट्रम्पको दुरुस्तै नक्कल गर्ने १८ जना कलाकारमा उनको नाम पनि थपियो। हास्य व्यङग्यमार्फत अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च बनाउन लागि परेका गजुरेलले आफ्नो धरातल भने कहिल्यै भुलेनन्।
त्यसैले हरेक वर्षका गाईजात्रामा विभिन्न विषयवस्तु र व्यङग्यको झटारो लिएर दर्शकमाझ भुल्किरहन्छन्। कुनै गाईजात्रामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, कुनैमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी जिङपिङ वा डोनाल्ड ट्रम्प बनेर हसाँउने गजुरेल यस वर्षको गाईजात्रामा विश्व स्वास्थ्य संगठनका प्रमूख डा. टेड्रोस अडानोम गेब्रियसस बन्दैछन्।

“यसपालिको गाइजात्रामा डा.टेड्रोससँगै आठवटा छुट्टै पात्रहरूको अभिनय लिएर प्रस्तुत हुँदैछु। कला मेरो साधना हो। कुनै पनि पात्रको अभिनय गर्नुअघि मलाई अरुभन्दा फरक गर्ने सोंचले सधै हौस्याउँछ,” उनले भने। पात्र, विषयवस्तु र शैलीको अध्ययन गर्नाले उनलाई नयाँ विषयवस्तु मिल्ने गर्छ। आफ्नो जन्म मानिसलाई हसाउँनै भएको बताउने गजुरेल नयाँ पुस्तालाई फरक विचार र तयारी गरेर मात्र हास्यव्यङग्य क्षेत्रमा आउन सुझाव दिन्छन्।
“साथीसंगत नेतागिरिकै थियो। कलाकार नहुँदो हुँ त तत्कालीन समयको जनयुद्धमा होमिएर यतिन्जेलसम्म शहीद भइसक्थेँ। ठिकै भयो,” जवाफ दिन उनले सेकेण्डभर पनि लगाएनन्।
“नेपालको मात्र नभएर विश्वभरको विषयवस्तुलाई हास्यव्यङग्यमा उतार्न सके यो क्षेत्रमा भविष्य उज्जवल छ,” आउने पुस्तालाई गजुरेलको सुझाव छ। युवाहरूमा धैर्यको कमि देख्ने गजुरेल एक नभए अर्को पेशा पलभरमै रोज्दा युवा पुस्ता सही स्थानको छनौटमा चुक्ने गरेको विचार राख्छन्। कलाकार बन्न भने मानिसको जीवन, दुःख–सुख, आँशु, पीडा, उकाली र ओराली बुझ्नै पर्ने उनको अनुभवले बताउँछ।
जीवनको झण्डै तीन दशक हास्यव्यङग्य क्षेत्रमा बिताइसकेका गजुरेल कमेडियन कहलिएरै पूरा जीवन बिताउन चाहन्छन्। दुःखमा पनि खुशीको वहार पस्कने आफ्नो कलाकारितालाई जीवन्त बनाउने सधैँ उनको प्रयास रहनेछ। अन्त्यमा, देखापढीले सोध्यो, “तपाईं हाँस्यव्यङग्य कलाकार नभएको भए कुन क्षेत्रमा हुनुहुन्थ्यो होला त ?”

" /> काठमाडौं। चार महिने बालकलाई मृत्युको के शोक ! उसलाई आफ्नो मान्छे गुमाउनुको के सुर्ता। हो, त्यही अवस्थामा थिए, मनोज गजुरेल। जुन बेला उनले आफ्ना बुवा गुमाउनु पर्यो। गजुरेलले आफ्ना बुवालाई तस्वीर बाहेक केही महसुस गर्न पाएनन्। शिशु अवस्थामै बुवाको निधन हुदाँ उनकी आमा २९ वर्षकी थिइन्।“तर, मलाई आमाको न्यानो काख र हौसलाले कहिल्यै बुवाको कमी हुन दिएन,” उनी सम्झन्छन्। ताप्लेजङ्गबाट ७ वर्षको उमेरमा परिवारसँगै उनी झापा झरे। झापामा माध्यमिक शिक्षा सक्दासम्म पनि उनी भविष्यप्रति आशावादी बन्न सकेका थिएनन्, ‘कमेडी केटो’को ट्याग भने उनले त्यतिबेलासम्म पाइसकेका थिए।

">