काठमाडौं। पञ्चायत र राजाका विरुद्ध गीत लेख्न पाईदैन थियो। रेडियो नेपालबाट गीत निकाल्दा धेरै पटक सेन्सर हुन्थ्यो। समाजमा विकृति निम्त्याउने खालको गीत प्रसारणमा रोक लाग्थ्यो। विशेषगरी पञ्चायतको जयजयकार गरेका गीतलाई मात्र रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारणको अनुमति हुन्थ्यो।
हातमा कलम हुनेहरू कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ
हातमा कलम हुनेहरू कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ......
यो गीत पञ्चायतले रेडियो नेपालबाट प्रतिबन्ध लगाएको थियो। तर, क्यासेट तथा टेप रेकर्डरबाट भने गाउँ गाउँमा गुञ्जिएको थियो। पञ्चायत तथा राजतन्त्रविरुद्ध जनतालाई सुसुचित गराउन निकै प्रयोग गरिएको थियो। भने पञ्चायतले आफ्नो विरुद्धको गीत भन्दै रोक लगाएको थियो।
नेपालमा गणतन्त्र स्थापनाअघि राज्यबाट गीत संगीतमा सेन्सर थियो। अर्थात राज्य र तत्कालिन शासकविरुद्ध लेखेका गीतमा प्रतिबन्ध लाग्थ्यो। २०६३ सालमा गणतन्त्र स्थापनासँगै अभिव्यक्ति स्वतन्त्रताको हक आयो। त्यसपछि भने गीत संगीतले पनि गतिशिलता लियो।
गीत संगीतमा एकरूपता ल्याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नीति नियम बनाउन राज्यसँग माग गर्दै आएको छ। तर, सरकारले यो विषयमा अहिलेसम्म सुनवाई गरेको छैन्।
एकातिर गीत संगीतको दायरा फैलिदैं थियो भने अर्कोतिर विकृति पनि भित्रिरहेको थियो। केही कलाकारहरू लोकप्रियभन्दा पनि चर्चामा आउनतिर लाग्न थाले।
सबैभन्दा चर्चा र विवादमा आउने कलाकार हुन्- दुर्गेश थापा। तीज गीतका नाममा संकृतिमाथि नै धावा बोल्ने खालका गीत निकाल्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ।

यस वर्षको तीजका लागि उनले दुई वटा गीत निकालेका छन्। एउटा गत वर्ष निकै चर्चामा आएको ‘बिच्च बिच्चमा’भाग-२ लिए। जुन गीतले खासै चर्चा पाएन्। त्यसको केही दिन पछाडि अर्को गीत निकाले। पुरूष कलाकारहरूले सारी लगाएर नाचेको गीत भने विवादित बन्यो।
उनीमाथी गीत संगीत क्षेत्रका विभिन्न संघ-संस्थाले प्रश्न उठाए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उक्त गीत यूट्युबबाट हटाउन अनुरोध गर्यो तर, उनले मानेनन्।
त्यस्तै गत वर्षको तिहारमा उनले ‘ह्याप्पी तिहार, ह्याप्पी तिहार, चिसो वियर’ बोलको गीत निकाले। उक्त गीतका कारण उनी केही दिन प्रहरी हिरासतमा पनि पुगे। त्यसपछि भने उनले गीतलाई परिमार्जन गरेर रि-अपलोड गरे।
उनीजस्तै गायिका ज्योती मगर पनि विवादमा आउने गरेकी छन्।

छोटो पहिरन लगाएर दोहोरो अर्थ लाग्ने खालका गीत निकालेर चर्चामा आउने ज्योती तीजमा भने जाँडरक्सी, जुवातास जस्ता शब्द प्रयोग गर्दा विवादमा आईरहेकी छिन्।
सेल रोटी पकाउने, भारी बोकाउने,
यो सालको तीजमा त गिलास ठोक्काउनी
यो वर्षको तीजका लागि उनले ‘गिलास ठोक्काउनी’ ल्याएकी छन्। उक्त गीतमा प्रयोग गरिएको शब्द तथा भिडिओका कलाकारहरूले लगाउने लुगा निकै खुलेको छ। जसका कारण सामाजिक सञ्जालदेखि युट्युब कमेन्टमा पनि आलोचना तथा गाली आइरहेका छन्।
त्यस्तै गायिका प्रिती आलेको बरिलै बोलको तीज गीत पनि त्यस्तै खालको छ।
गायिका प्रितीले लगाएको पहिरन बढी नै उत्ताउलो खालको छ। यस्ता खालका गीतले गर्दा समाजमा बेला बेला गीत संगीतमा सेन्सरसीप आवश्यक रहेको आवाज उठ्ने गरेको छ। तर, राज्यले त्यसतर्फ ध्यान दिन सकेको छैन्।
सेल्फ सेन्सरसीप नै उत्तम
लोकतन्त्रमा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सबैलाई छ। यस्तो अवस्थामा कसैलाई रोक लगाउने कुरा स्वीकार गर्दैन्। गीत संगीत पनि समाजकै मेरूदण्ड भएकाले सबैभन्दा पहिला सेन्सरसीप आवश्यक रहेको गीतकार प्रा.डा. कृष्णहरी बराल बताउँछन्।
“अहिले बजारमा आउने केही गीत सुन्नै तथा हेर्नै नसकिनेका खालका छन्। त्यस्ता गीतले समाजमा नराम्रो सन्देश दिन्छन्।” उनले भने, “त्यस्ताका लागि भने राज्यले सेन्सर नै गर्नुपर्छ।”
विश्वका अन्य देशहरूमा पनि राज्यस्तर, नागरिक र स्वयम कलाकार गरी तीन तहबाट सेन्सर हुने गरेको उनको भनाई छ। “स्वयम् कलाकार नै मैले कस्तो खालको गीत बनाउने भनेर सचेत हुनुपर्छ। यदि स्वयम कलाकार नै सचेत भएनन् भने राज्यले सेन्सर गर्नुपर्छ।” उनले भने।
राज्यस्तरबाट पनि सेन्सर नभएका गीतलाई दर्शकले नै बहिस्कार गर्ने गरेको उनी बताउँछन्। समाजलाई अपाच्य खालका गीतहरूलाई दर्शकले पनि बहिस्कार गरिरहेका छन्। “यूट्युबमा हेरौं न ति गीतले भ्यूज नै पाएका छैनन्।” उनले भने, “केही दिन चर्चामा आएर पछि सेलाउँदै जान्छन्।”
राज्यले नसुनेको कुरा

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले सम्पूर्ण गीतहरूलाई एकद्वार नीति मार्फत सार्वजनिक गर्ने नीति बनाउन राज्यसँग माग गर्दै आएको बताए।
“धेरै वर्षदेखि हाम्रो लविङ भनेकै एकद्वार नीति मार्फत जानुपर्छ भन्ने छ। तर, राज्यको कुनै पनि निकायले सुनेको छैन्।” अध्यक्ष बिजीले भने।
चलचित्रमा सेन्सरसीप छ। तर, गीत संगीतमा भने कुनै खालको रोकावट छैन्। यसले गर्दा एकातिर समाजमा गलत प्रभाव परिरहेको छ भने अर्कोतिर राज्यले करोडौंको राजस्व गुमाईरहेको उनको भनाइ छ।