काठमाडौं। सुशान्तसिंह राजपूतको निधनपछि बलिउड चर्चामा छ। उनले किन आत्महत्या गरेको भन्दा पनि के कारणले आत्महत्या गरेको भनेर चर्चा चलिरहेको छ। यसको प्रमुख कारण औंल्याइएको छ- नेपोटिज्म र ग्रुपिजम। त्यही कारण चलचित्र क्षेत्रमा टिक्न नसक्दा डिप्रेसनको शिकार भएर उनी आत्महत्याको बाटो रोज्न बाध्य भएको बलिउडकर्मीहरूको दाबी छ। यो दाबी भने पुराना भन्दा पनि नयाँ चलचित्रकर्मीहरूले जोडदार रूपमा उठाउँदै आएका छन्।
यो समस्याबाट उनी मात्र पीडित छैनन्। उनीभन्दा अरू बलिउडकर्मी पनि यसको शिकार भइसकेका छन्। कोही चलचित्र नचल्दा निकालिएका छन् भने कोहीको चरित्र नै हत्या गर्ने प्रयास भएका छन्। कोहीले त्यसको समाना गर्दै अगाडि बढिरहेका छन् भने कोही त्यो क्षेत्रबाटै बाहिरिएका छन्। कंगना रनौत, आयुष्मान खुराना, तापसी पन्नू लगायतका चर्चित्र हिरो हिरोइन पनि यो समस्याबाट पीडित भइसकेका छन्।
कंगना रनौत :
कंगना पनि यो समस्याबाट गुज्रिसकेकी छिन्। उनले करण जोहरलाई यस्तो आरोप लगाउँदै आएकी छिन्। करणको शो मै कंगनाले उनलाई मुख्य जिम्मेवार बताएका थिए। उनले भनिन्, “हामी जुन तरिकाको समाजमा छौं, जुन मानिसहरूसँग काम गरिरहेका छौं। उनीहरूमा ९० प्रतिशत आफ्नै परिवारका छन्।” त्यो कुरापछि उनको चरित्र हत्या गर्ने प्रयास गरिएको थियो। यति मात्र नभएर उनको चलचित्र पनि अर्कोलाई दिइएको थियो।
राजकुमार राव :
अभिनेता राजकुमार पनि नेपोटिजमको शिकार भइसकेका छन्। उनले बलिउडमा वंशवाद हावी रहेको बताउँदै आएका छन्। चलचित्र क्षेत्रमा प्रवेश गर्दा दुई/चार चलचित्र त सामान्य मिल्ने तर, दीर्घकालीन रूपमा यहाँ टिक्न गाह्रो भएको उनको भनाइ छ।
प्रियंका चोपडा :
प्रियंका पनि यही समस्याको सामना गर्दै आएकी छिन्। थुप्रै पटक नेपोटिजमको शिकार भएको भन्दै उनले त्यसलाई चिर्दै यहाँसम्म पुगेको बताएकी छिन्। उनलाई कैयौंपटक चलचित्रबाट निकालिएको थियो। किनकी त्यो चलचित्रमा कोही चिनेको व्यक्तिलाई राख्नु थियो। ती घटनाबाट उनले यो संसारमा सित्तैमा केही चिज नपाइने पाठ सिकेको बताएकी छिन्।
तापसी पन्नू :
अभिनेत्री तापसी पनि यो समस्याको सामना गर्दै आएकी छिन्। चलचित्र उद्योगमा आफ्नो पहिचान तथा सम्पर्क बनाइराख्न समय लाग्छ। त्यतिबेलासम्म नेपोटिजमको शिकार बन्नुपर्छ। यसका कारण थुप्रै चलचित्र आफ्नो हातबाट पछि हटेको उनको भनाइ छ।
अभय देओल :
उनले पनि यो समस्या प्रत्यक्ष भोगेका छन्। संसारमा जुनसुकै ठाउँमा पनि यो समस्या रहेको बताउँदैं उनले आफू थुप्रै पटक समस्यामा परेको बताएका छन्।
आलिया भट्ट :
अभिनेत्री आलिया पनि नेपोटिजम र ग्रुपिजमको शिकार भइसकेकी छिन्। उनले विभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताका क्रममा यो समस्या बलिउडमा मात्र नभएर संसारभर नै रहेको बताएकी छिन्।
" /> काठमाडौं। सुशान्तसिंह राजपूतको निधनपछि बलिउड चर्चामा छ। उनले किन आत्महत्या गरेको भन्दा पनि के कारणले आत्महत्या गरेको भनेर चर्चा चलिरहेको छ। यसको प्रमुख कारण औंल्याइएको छ- नेपोटिज्म र ग्रुपिजम। त्यही कारण चलचित्र क्षेत्रमा टिक्न नसक्दा डिप्रेसनको शिकार भएर उनी आत्महत्याको बाटो रोज्न बाध्य भएको बलिउडकर्मीहरूको दाबी छ। यो दाबी भने पुराना भन्दा पनि नयाँ चलचित्रकर्मीहरूले जोडदार रूपमा उठाउँदै आएका छन्।यो समस्याबाट उनी मात्र पीडित छैनन्। उनीभन्दा अरू बलिउडकर्मी पनि यसको शिकार भइसकेका छन्। कोही चलचित्र नचल्दा निकालिएका छन् भने कोहीको चरित्र नै हत्या गर्ने प्रयास भएका छन्। कोहीले त्यसको समाना गर्दै अगाडि बढिरहेका छन् भने कोही त्यो क्षेत्रबाटै बाहिरिएका छन्। कंगना रनौत, आयुष्मान खुराना, तापसी पन्नू लगायतका चर्चित्र हिरो हिरोइन पनि यो समस्याबाट पीडित भइसकेका छन्।

">