काठमाडौं। आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतका पिताले रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्। सुशान्तका पिता केके सिंहले पटनास्थित राजीवनगर प्रहरी चौकीमा रियाविरुद्ध उजुरी दिएका हुन्। रिया सुशान्तकी प्रेमिका हुन्। थाना प्रमुख योगेन्द्र रविदासले भारतीय सञ्चारमाध्यमलाई २५ जुलाईमा नै उजुरी दर्ता भएको बताए।
उजुरीमा उनले रियालाई आत्महत्या गर्न बाध्य पारेको तथा पैसा माग्ने गरेको आरोप लगाएका छन्। उजुरीपछि पटना प्रहरीको एक टोली मुम्बई गएको छ। १४ जुनमा बान्द्रास्थित आफ्नै निवासमा मृत फेला परेका थिए। सुशान्तको आात्महत्यापछि मुम्बई प्रहरीले १०० जना भन्दा बढीसँग सोधपुछ गरेको छ।
केकेले रियाविरुद्ध सेक्सन ३०६ अनुसार आत्महत्याको लागि उक्साएको तथा ३४० र ३४२ अनुसार कारबाहीको माग गरिएको छ। यसअघि रियाले गृहमन्त्री अमित शाहलाई यो घटनाको छानविनका लागि सीबीआईलाई जिम्मा दिन अनुरोध गरेकी थिइन्। अरुमाथि छानविन गरेर उनलाई आत्महत्या गर्न बाध्य पार्नेमाथि कारबाहीको माग गर्दै आएकी रिया अन्ततः आफैं यसको शिकार बनेकी हुन्।
" /> काठमाडौं। आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतका पिताले रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्। सुशान्तका पिता केके सिंहले पटनास्थित राजीवनगर प्रहरी चौकीमा रियाविरुद्ध उजुरी दिएका हुन्। रिया सुशान्तकी प्रेमिका हुन्। थाना प्रमुख योगेन्द्र रविदासले भारतीय सञ्चारमाध्यमलाई २५ जुलाईमा नै उजुरी दर्ता भएको बताए।उजुरीमा उनले रियालाई आत्महत्या गर्न बाध्य पारेको तथा पैसा माग्ने गरेको आरोप लगाएका छन्। उजुरीपछि पटना प्रहरीको एक टोली मुम्बई गएको छ। १४ जुनमा बान्द्रास्थित आफ्नै निवासमा मृत फेला परेका थिए। सुशान्तको आात्महत्यापछि मुम्बई प्रहरीले १०० जना भन्दा बढीसँग सोधपुछ गरेको छ।

">