काठमाडौं। बलिउड अभिनेता सोनु सूद कोरोना महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्दै आएका छन्।
आफ्नो व्यक्तिगत खर्चमा उनले अहिलेसम्म थुप्रैलाई सहयोग गर्दै आएका हुन्।
उनी चलचित्रकर्मीदेखि लिएर विदेशमा फसेकाहरूलाई विमान चार्टर्ड गरेर स्वदेश फर्काइरहेका छन्।
यहीबीच सोनुले लकडाउनका कारण आफ्नो जागिर गुमाएकी एक इन्जिनियर युवतीलाई सहयोग गरेका छन्। जुन कुरा सामाजिक सञ्जालमा चर्चा छ।
एक रिट्ची शेल्सोन नाम गरेको सोसल मिडिया प्रयोगकर्ताले एक युवतीको भिडिओ सार्वजनिक गरेका थिए। जुन भिडिओमा युवती तरकारी बेच्दै गरेकी देखिएकी थिइन्।
उनले सोनुलाई नै मेन्सन गरेर जागिर गुमाएकी एक इन्जिनियर युवती तरकारी बेच्दैछिन् भन्दै लेखेका थिए।
सोनुले उक्त ट्वीटमा प्रतिक्रिया जनाउँदै भने, “मेरो अफिसका कर्मचारीले ती युवतीलाई भेटिसकेका छन्। अन्तर्वार्ता भइसक्यो। जागिरको लागि सबै प्रक्रिया पूरा भइसकेको छ।”
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सोनुको उक्त कदमको प्रशंसा गरेका छन्। हालै उनले आन्ध्र प्रदेशको एक किसानलाई ट्रयाक्टर सहयोग गरेका थिए।
आफ्नो छोरीसँगै खेत जोतिरहेका किसानको भिडिओ भाइरल बनेपछि सोनुले ट्रयाक्टर सहयोग गरेका थिए।
" /> काठमाडौं। बलिउड अभिनेता सोनु सूद कोरोना महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्दै आएका छन्।आफ्नो व्यक्तिगत खर्चमा उनले अहिलेसम्म थुप्रैलाई सहयोग गर्दै आएका हुन्।

">