काठमाडौं। कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्य डिस्चार्ज भएका छन्।
कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै दुवैजनालाई डिस्चार्ज गरिएको हो।
यो कुराको पुष्टि गर्दै अमिताभ बच्चनले उनीहरूको उपचारमा संलग्न चिकित्सक तथा शुभचिन्तकलाई धन्यवाद दिएका छन्।
त्यस्तै ऐश्वर्याका श्रीमान अभिषेक बच्चनले पनि डिस्चार्ज भएको शुभकामना दिएका छन्।
ऐश्वर्या र उनकी छोरीलाई १२ जुलाईमा कोरोना पोजिटिभ देखिएको थियो।
पोजिटिभ देखिएको केही दिन घरमै आइसोलेसनमा बसेका दुवैजनालाई १७ जुलाईमा अस्पताल भर्ना गरिएको थियो।
अमिताभ र अभिषेकलाई कोरोना पोजिटिभ भएको दोस्रो दिन नै दुवैजनालाई कोरोना देखिएको थियो।
संक्रमित भएको ११औं दिनमा दुवैजना डिस्चार्ज भएका हुन्। अमिताभ र अभिषेक अझै अस्पतालमै छन्।
" /> काठमाडौं। कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्य डिस्चार्ज भएका छन्।कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै दुवैजनालाई डिस्चार्ज गरिएको हो।

">