काठमाडौं। अभिनेता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहविरुद्ध बेइज्जतीको मुद्दा हालेका छन्। आज काठमाडौं जिल्ला अदालतमा १० करोड क्षतिपूर्ति मागदाबीसहित साम्राज्ञीविरुद्ध उजुरी परेको हो।
अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले उजुरी दर्ता भएर प्रक्रियामा अगाडि बढिसकेको बताए। “आज उजुरी परेर दर्ता गरिएको छ। अब हद म्याद जारी हुन्छ। साम्राज्ञीको नाममा वारेन्ट नोटिस जारी हुन्छ। त्यसको प्रक्रिया अगाडि बढिसक्यो,” कार्कीले भने।
असार १२ गते एक भिडिओ सार्वजनिक गर्दै नायिका साम्राज्ञीले भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन्। चलचित्र छायांकनको क्रममा अपमान गर्नुका साथै धेरै पटक दुर्व्यवहार गरेको उनको आरोप थियो।
साम्राज्ञीको आरोपको खण्डन गर्दै भुवनले जुन थालमा खायो त्यही थालमा दुलो पारेको प्रतिक्रिया दिएका थिए। त्यसपछि अर्को भिडिओ सार्वजनिक गर्दै साम्राज्ञीले जापानमा अवार्ड लिन जाँदा समेत शोषण गरेको आरोप लगाएकी थिइन्।
त्यसपछि भुवनले अनावश्यक आरोप लगाएर चरित्र हत्या गरेको भन्दै सामाजिक सञ्जाल मार्फत अपमान नगर्न चेतावनी दिएका थिए। उक्त चेतावनीसँगै भुवनले छानविनका लागि कलाकार संघमा उजुरी दिएका थिए।
उजुरीका सम्बन्धमा साम्राज्ञीले आफूले भुवनको नाम नलिएको प्रतिक्रिया दिएकी थिइन्। त्यसपछि छलफलका लागि बोलाउँदा पनि साम्राज्ञी नआएको जवाफ संघले भुवनलाई गराएको थियो।
अन्ततः आफ्नो मानहानी तथा चरित्र हत्या गर्ने काम भएको भन्दै भुवनले कानूनी बाटो रोजेका हुन्। विना प्रमाण आरोप लगाउन नमिल्ने भन्दै भुवनले दोषीमाथि कारवाही हुनुपर्ने माग राखेका छन्।
" /> काठमाडौं। अभिनेता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहविरुद्ध बेइज्जतीको मुद्दा हालेका छन्। आज काठमाडौं जिल्ला अदालतमा १० करोड क्षतिपूर्ति मागदाबीसहित साम्राज्ञीविरुद्ध उजुरी परेको हो।अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले उजुरी दर्ता भएर प्रक्रियामा अगाडि बढिसकेको बताए। “आज उजुरी परेर दर्ता गरिएको छ। अब हद म्याद जारी हुन्छ। साम्राज्ञीको नाममा वारेन्ट नोटिस जारी हुन्छ। त्यसको प्रक्रिया अगाडि बढिसक्यो,” कार्कीले भने।

">