काठमाडौं। कोरोना संक्रमण भएपछि बलिउड महानायक अमिताभ बच्चन १२ दिनदेखि अस्पतालमा उपचाररत छन्।
उनका छोरा अभिषेकसहित बुहारी ऐश्वर्या र नातिनी आरोध्य पनि उपचारमा छन्।
आज दिनभर भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ अमिताभको रिपाेर्ट नेगेटिभ आएको सामाचार सम्प्रेषण गरे। उनको पहिलो रिपोर्ट नेगेटिभ आएको र अब बाँकी दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने भन्दै आएका समाचारको अमिताभले भने खण्डन गरेका छन्।
ट्वीटमार्फत् नेगेटिभ आएको समाचार झुटा भएको भन्दै दिनभर आएका समाचारको खण्डन गरेका हुन्। उनले लेखेका छन्, “यो समाचार गलत, गैरजिम्मेवार र बिना जानकारीको हो।”
११ जुलाइमा कोरोना संक्रमण देखिएपछि अमिताभ र छोरा अभिषेक मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको थियो।
त्यसको एक दिनपछि बुहारी र नातिनीमा पनि कोरोना पोजिटिभ देखिएको थियो।
" /> काठमाडौं। कोरोना संक्रमण भएपछि बलिउड महानायक अमिताभ बच्चन १२ दिनदेखि अस्पतालमा उपचाररत छन्।उनका छोरा अभिषेकसहित बुहारी ऐश्वर्या र नातिनी आरोध्य पनि उपचारमा छन्।

">