काठमाडौं। कोरोना संक्रमित भएका बलिउड महानायक अमिताभ बच्चनको पहिलाे काेभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
उनकाे मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेकाे छ।
उनकाे दुईवटा परीक्षण अझै गरिनेछ। ती दुई परीक्षणकाे रिपोर्ट नेगेटिभ आएपछि मात्र उनी डिस्चार्ज हुनेछन्।
डाक्टरले तीनवटा परीक्षण रिपोर्ट नेगेटिभ आए मात्र अमिताभलाई डिस्चार्ज गर्ने तयारी गरेका हुन्।
उनका छोरा अभिषेकलाई भने आजै डिस्चार्ज गर्ने तयारी छ। उनको सबै रिपोर्ट नेगेटिभ छ।
बाबुछोरासँगै बुहारी ऐश्वर्या र नातिनी आराध्यलाई कोरोना पोजिटिभ भएसँगै एउटै अस्पतालमा उपचार भइरहेको छ।
हिजो ७ साउनमा चारैजनाको कोभिड-१९ परीक्षण गरिएको थियो।
बाबुछोराको रिपोर्ट आए पनि बुहारी र नातिनीको रिपोर्ट आउन बाँकी छ।
११ जुलाईमा बाबुछोराको कोरोना पोजिटिभ भएसँगै अस्पताल भर्ना गरिएको थियो। त्यसपछि १२ जुलाईमा बुहारी र नातिनीमा पनि कोरोना पोजिटिभ देखिएको थियो।
दुवैजना घरमै आइसोलेसनमा बसिरहेका थिए। तर, स्वासप्रश्वासमा समस्या आएपछि १८ जुलाईमा ऐश्वर्या र आराध्यलाई पनि अस्पताल भर्ना गरिएको थियो।
" /> काठमाडौं। कोरोना संक्रमित भएका बलिउड महानायक अमिताभ बच्चनको पहिलाे काेभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।उनकाे मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेकाे छ।

">