काठमाडौं। निर्देशक अनुभव सिन्हाले बलिउडसँगको नाता तोड्ने घोषणा गरेका छन्।
नातावाद तथा ग्रुपिज्मको विषयमा विवाद बढिरहेका बेला सिन्हाले बलिउडसँगको नाता तोड्ने घोषणा गरेका हुन्।
उनीसँगै अन्य दुई चलचित्रकर्मीहरूले पनि बलिउडबाट आफ्नो यात्रामा पूर्णविराम लगाएका छन्।
दुई ध्रुबमा विभाजित बलिउडबाट हंसल मेहता र सुधीर मिश्राले पनि अलग्गिने घोषणा गरेका छन्। उनीहरू तीनैजनाले ट्विटर मार्फत् अलग भएको जनाएका हुन्।
अनुभवले आफ्नो नामको पछाडि ‘नट बलिउड’ जोडेका छन्। अनुभवको यो कदमपछि अन्य दुईजनाले पनि अलग हुने निर्णय गरेका हुन्।
उनीहरूको राजीनामासँगै बलिउडमा नयाँ तरंग पैदा भएको छ। एकातिर ग्रुपिज्म र नेपोटिज्मको कुरा उठिरहेका बेला उनीहरूकाे राजीनामाले नयाँ बहस सिर्जना गरिदिएको छ।
नेपोटिज्म र ग्रुपिज्मको असर बलिउडबाटै अलग हुने अवस्थामा पुग्न थालेको भन्दै नयाँ बहसको आवश्यक रहेको बलिउडकर्मीहरूको भनाइ छ।
अनुभवले भने बलिउडबाट मात्र राजीनामा दिएको तर, आफ्नो कामबाट भने पछि नहटेको उल्लेख गरेका छन्। चलचित्र उद्योगका लागि चलचित्र भने बनाइराख्ने तर, बलिउडबाट टाढा भएको प्रष्ट पारेका हुन्।
अनुभवले तुम बिन, मुल्क, आर्टिकल-१५, थप्पडलगायतका चलचित्र बनाएका थिए। उनले बनाएको पछिल्लो चलचित्र थप्पडले निकै चर्चा पाएको थियो।
अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेदेखि बलिउडमा नेपोटिज्म र ग्रुपिज्मको विषयले व्यापक चर्चा पाएको छ। त्यही कारण सुशान्त आत्महत्या गर्न बाध्य भएको पनि आरोप लाग्दै आएको छ।
" /> काठमाडौं। निर्देशक अनुभव सिन्हाले बलिउडसँगको नाता तोड्ने घोषणा गरेका छन्।नातावाद तथा ग्रुपिज्मको विषयमा विवाद बढिरहेका बेला सिन्हाले बलिउडसँगको नाता तोड्ने घोषणा गरेका हुन्।

">