काठमाडौं। विवादमा तानिएको सोफिया थापाको तीज गीत युट्युबबाट ‘प्राइभेट’ (अरूले हेर्न नमिल्ने) बनाइएकाे छ।

हिन्दू जागरण नेपालले गीत हटाउन भन्दै पठाएको पत्रको आधारमा गीत ‘प्राइभेट’ गरिएकाे हाइलाइट्स नेपालका महाप्रबन्धक जनक तामाङले जानकारी दिए।

सोफियाको शब्द, संगीत र उनकै स्वरमा ‘अबको तीज, नो ब्रत प्लिज’ गीत ल्याएकी थिइन्।

उक्त गीतले हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै हिन्दूवादी संघसंस्थाहरूले गीत हटाउन दबाब दिँदै आएका थिए। उनीहरूले विज्ञप्ति जारी गर्नुका साथै फोन गरेर तत्काल गीत हटाउन माग गर्दै आएका थिए।

चौतर्फी दबाब आएपछि गीत ‘प्राइभेट’ गर्न बाध्य भएको महाप्रबन्धक तामाङले बताए। “निकै दबाब आयो। दबाब थेग्नै सकिएन। अहिले गीतलाई प्राइभेट गरिएको छ”, महाप्रबन्धक तामाङले भने।

गायिका सोफियाले अतिवादको शिकार भएको प्रतिक्रिया दिएकी छन्।

“श्रीमानको दीर्घायूका लागि पानी पनि नखाई ब्रत बस्ने चलन छ। जुन गलत हो। यो संस्कारलाई बदल्नुपर्छ भनेर गीत ल्याएकी थिएँ। अब भने अतिवादको शिकार भइयो”, गायिका थापाले भनिन्।

प्राइभेटमा राखिएको गीत अझै सहमति भएको खण्डमा पुनः सार्वजनिक गर्न सकिने महाप्रबन्धक तामाङको भनाइ छ।

यसअघि गायिका थापाले भने गीत नहटाउने बरु कानूनी लडाइँ लड्न तयार रहेको अडान लिँदै आएकी थिइन्। तर, चर्को दबाबका कारण युट्युब च्यानल सञ्चालकले नै हटाएको उनको भनाइ छ।

गीतका विषयमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका थिए। केहीले यसलाई तीजमा ब्रत बस्ने/नबस्ने महिलाको अधिकार भएको भन्दै गीतको बचाउन गरेका थिए।

केहीले गीतमा नै यस्ता शब्द प्रयोग गर्न नहुने भन्दै हटाउनुपर्ने माग राख्दै आएका थिए।

पढ्नुहाेस्ः

सोफियाको ‘नो ब्रत प्लिज’ विवादमा, युट्युब च्यानल नै बन्द गराउने धम्की

" /> काठमाडौं। विवादमा तानिएको सोफिया थापाको तीज गीत युट्युबबाट ‘प्राइभेट’ (अरूले हेर्न नमिल्ने) बनाइएकाे छ।

"> युट्युबमा ‘प्राइभेट’ गरियाे सोफिया थापाको विवादित तीज गीत: Dekhapadhi
युट्युबमा ‘प्राइभेट’ गरियाे सोफिया थापाको विवादित तीज गीत

प्रतिक्रिया दिनुहोस्