काठमाडौं। बलिउड अभिनेता अक्षय कुमार चाँडै काममा फर्किदैंछन्। कोरोना महामारीका कारण फुर्सदमा रहेका उनी अब एकैपटक धेरै चलचित्रमा देखिनेछन्। अन्य हिरोहरूका तुलनामा उनी थुप्रै चलचित्रका लागि तयार देखिएका छन्।
कोभिड-१९ का कारण चलचित्रको छायांकन बन्द छ। छायांकनका लागि अनुमति पाएसँगै उनी विभिन्न ६ वटा चलचित्रका लागि तयारीमा छन्। कार्यतालिकामा राखेर उनले विभिन्न ६ वटा चलचित्रको छायांकनमा जानेगरी योजना बनाएका छन्।
बेलबटमः
छायांकनको अनुमति पाएसँगै अक्षय कुमार सबैभन्दा पहिला बेल बटमको छायांकनमा जानेछन्। यसको आरम्भ अगस्टमा हुनेछ। एक महीना स्क्टल्याण्डमा यसको छायांकन हुनेछ। केही भाग भारतमै छायांकन हुनेछ।
सेप्टेम्बरसम्म यो चलचित्रको छायांकन सकिनेछ। यो चलचित्रको छायांकनका लागि बढी भीडभाडको आवश्यकता पर्नेछैन्। एक्सन सिन पनि नभएकाले यो चलचित्रको छायांकन चाँडै सकिनेछ।
पृथ्वीराजः
यसराज फिल्मस्को पृथ्वीराजको सुटिङ मार्चबाट रोकिएको छ। चलचित्रको ४० प्रतिशत छायांकन सकिएको छ। निकै महँगोमा बन्न लागेको यो चलचित्रमा धेरै जसो सिनहरू बढी भीडमा खिच्नुपर्नेछ।
त्यसका लागि पनि चलचित्रको छायांकन तत्काल गर्न सम्भव छैन्। अक्टोबरबाट यो चलचित्रको छायांकन गर्ने गरी तयारी भइरहेको छ।
अतरंगी रेः
आनन्द एल रायको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन मिति चाँडै घोषणा गरिनेछ। भारतमै छायांकन हुने यो चलचित्र अहिलेको अवस्था सामान्य भएपछि काम अघि बढ्ने छ।
बच्चन पाण्डेः
यो चलचित्रको छायांकन अप्रिलमा शुरू भएर क्रिसमसमा रिलिज हुनेपर्ने थियो। तर, कोभिड-१९ का कारण समस्यमा पर्यो।
साजिन नाडियाडवालाको यो चलचित्रको छायांकन अब २०२० को अन्त्यतिर हुनेछ। यो एक मसाला फिल्म हो जसमा गीत तथा एक्सनले भरिपूर्ण हुनेछ।
एकता कपूरको चलचित्रः
तेलंगना चलचित्रमा अक्षय मूख्य भूमिकामा हुनेछन्। कमेडी तथा एक्सन जनरामा निर्माण हुन लागेको उक्त चलचित्रको छायांकन २०२१ मा हुनेछ।
मनिष शर्माको चलचित्रः
मनिष शर्मा निर्देशत एक चलचित्रमा पनि अक्षयले काम गर्नेछन्। यस चलचित्रको छायांकन पनि २०२१ मै हुनेछ। अक्षयलाई २०२१ सम्मका लागि चलचित्रको अफर पूरा भएको छ।
चाँडै छायांकनमा गए मात्र उनले हस्ताक्षर गरेका चलचित्र कार्यतालिका अनुसार अगाडि बढ्न सक्नेछन्। कोरोना महामारी बढ्दो भएर भारत सरकारले छायांकनको अनुमति नदिएको खण्डमा उनको कार्यतालिका प्रभावित हुनसक्छ।
" /> काठमाडौं। बलिउड अभिनेता अक्षय कुमार चाँडै काममा फर्किदैंछन्। कोरोना महामारीका कारण फुर्सदमा रहेका उनी अब एकैपटक धेरै चलचित्रमा देखिनेछन्। अन्य हिरोहरूका तुलनामा उनी थुप्रै चलचित्रका लागि तयार देखिएका छन्।कोभिड-१९ का कारण चलचित्रको छायांकन बन्द छ। छायांकनका लागि अनुमति पाएसँगै उनी विभिन्न ६ वटा चलचित्रका लागि तयारीमा छन्। कार्यतालिकामा राखेर उनले विभिन्न ६ वटा चलचित्रको छायांकनमा जानेगरी योजना बनाएका छन्।

">