काठमाडौं। गाईजात्रा पर्व नजिकिएसँगै हास्यव्यंग्य क्षेत्रका कलाकार व्यस्त देखिन थालेका छन्। समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै आयोजना गरिने गाईजात्रा कार्यक्रमका लागि हास्यकलाकारहरू तयारीमा जुटेका हुन्।
कलाकारहरूको यो वर्षको तयारी भने विगतका वर्षभन्दा भिन्न छ। कोरोना महामारीका कारण हास्यकलाकारहरूले दर्शकहरूसँग प्रत्यक्ष कार्यक्रम गर्न पाउने छैनन्। त्यसैले त उनीहरू यतिबेला कुन-कुन डिजिटल प्लेटफर्म मार्फत आफ्ना कार्यक्रम प्रसारण गर्ने भन्ने तयारीमा छन्।
देशका विभिन्न ठाउँमा पुगेर तथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष कार्यक्रमको आयोजना गरी समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै आएका हास्य कलाकार मनोज गजुरेल यो वर्ष युट्युब र टेलिभिजन मार्फत खुराक पस्किने तयारीमा छन्।
कोरोना कहर, देशको समसामयिक परिस्थिति लगायतका विषयमा तयार पारेका कार्यक्रम आफ्नै युट्युब च्च्यानलसँगै एपी वान टेलिभिजन मार्फत प्रसारण गरिने उनको भनाइ छ।
साउन १५ गतेबाट विभिन्न टेलिभिजन र डिजिटल प्लेटर्फमबाट प्रसारण हुने कार्यक्रम सात दिनसम्म चल्नेछन्। त्रास र पीडाकाबीच आशा र उत्साहको कोशेली–२०७७ मा मनोज गजुरेलसँगै सैलेन्द्र सिम्खडा, पशुपति शर्मा, सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, राजा राजेन्द्र, यमन श्रेष्ठ, चट्याङ मास्टर, लगायतका कलाकारहरूले प्रस्तुती दिनेछन्।
त्यस्तै कमेडी च्याम्पियनका विजेता हिमेश पन्त, सुमन कोइरला ‘दले दाई’, मेक्सम गौडेल, सुमन कार्की, खड्ग बहादुर पुन, जोगिन्दर पानवाला, बबिता बानियाँ ‘जेरी’, रुबिना अधिकारी लगायतका कलाकारहरूले समेत प्रस्तुती दिने कार्यक्रम रहेको गजुरेलले बताए।
यो वर्षको गाईजात्रा कार्यक्रममा गजुरेलले कोरोना महामारीसँगै विश्व स्वास्थ्य संगठनमाथि व्यंग्य प्रहार गर्नेछन्। उनको विभिन्न प्रस्तुतीसँगै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेससको नक्कल पनि रहेको छ। जसमा उनी डबल एच ओ का प्रमुखको भूमिकामा देखिएका छन्।
त्यस्तै सैलेन्द्र सिम्खडाले पनि कवितामार्फत समसामयिक विषयमा व्यंग्यवाण प्रहार गर्दैछन्।
विशेष परस्थितिमा गर्न लागिएको गाईजात्राले घरमै बसिरहेका दर्कशलाई मनोरञ्जन प्रदान गर्ने गजुरेलको भनाई छ। “यो पटक प्रत्यक्ष कार्यक्रमको आयोजना सकिएन। त्रास र पीडामा रहेका दर्शकहरूलाई घरमै बसेर हेर्ने व्यवस्था मिलाएका छौं,” मनोजले भने।
कमल गाउँले केही वर्ष अगाडिसम्म दर्शकलाई प्रत्यक्ष संलग्न गराएर गाईजात्रा गर्थे। पछिल्लो दुई वर्षदेखि उनी युट्युब मार्फत नै आफ्ना कार्यक्रम सार्वजनिक गर्दै आएका छन्। अहिले दाङमै रहेका गाउँलेले यो वर्षको गाईजात्राको तयारी गर्दैछन्। युट्युब च्यानलमार्फत कार्यक्रम सार्वजनिक गर्नेगरी त्यसको तयारी भइरहेको उनको भनाई छ।
धेरैले यो वर्षको गाईजात्रा कोसेली युट्युबमार्फत सार्वजनिक गरिसकेका छन्। कलाकारहरू शिबहरी पौडेल, किरन केसी, बबिता बानियाँ ‘जेरी’, राजाराम पौडेल लगायतले यो वर्षको गाईजात्रा कोसेली सार्वजनिक गरिसकेका हुन्।
" /> काठमाडौं। गाईजात्रा पर्व नजिकिएसँगै हास्यव्यंग्य क्षेत्रका कलाकार व्यस्त देखिन थालेका छन्। समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै आयोजना गरिने गाईजात्रा कार्यक्रमका लागि हास्यकलाकारहरू तयारीमा जुटेका हुन्।कलाकारहरूको यो वर्षको तयारी भने विगतका वर्षभन्दा भिन्न छ। कोरोना महामारीका कारण हास्यकलाकारहरूले दर्शकहरूसँग प्रत्यक्ष कार्यक्रम गर्न पाउने छैनन्। त्यसैले त उनीहरू यतिबेला कुन-कुन डिजिटल प्लेटफर्म मार्फत आफ्ना कार्यक्रम प्रसारण गर्ने भन्ने तयारीमा छन्।

">