काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा अभिनेता दयाहाङ राईको पहिचान बेग्लै छ। अहिलेसम्म उनी चलचित्र क्षेत्र भन्दा दायाबाया भएका छैनन्। तर, कोरोना महामारीपछि भने उनको बाटो फेरिएको छ।
लामो समय चलचित्र क्षेत्रको चहलपहल बन्द हुँदा उनी म्यूजिक भिडिओमा देखिन थालेका छन्। चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा रहेको ‘बल्ल बल्ल भेट भो’ बोलको म्यूजिक भिडिओमा उनले मोडलिङ गरेका हुन्। जसको छायांकन आज धुलिखेलमा गरिएको छ। दीपा लामा र तेम्बा शेर्पाको स्वरमा रहेको गीतमा दयासँगै निराञ्जली लामाले अभियन गरेकी छिन्।
अन्य चलचित्रका हिरो हिरोइनहरू यसअघि नै म्यूजिक भिडिओमा काम गर्दै आएका थिए। पल शाह, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका हिरो हिरोइनहरू म्यूजिक भिडिओमा काम गर्दै आएका छन्। दयाले भने अहिलेसम्म म्युजिक भिडिओतर्फ हात हालेका थिएनन्।
कोरोना महामारीपछि चलचित्र क्षेत्र ठप्प रहँदा भने उनले पनि म्यूजिक भिडिओको यात्रा समातेका हुन्। यसपछि पनि उनी भिडिओमा काम गर्ने तयारीमा छन्।
" /> काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा अभिनेता दयाहाङ राईको पहिचान बेग्लै छ। अहिलेसम्म उनी चलचित्र क्षेत्र भन्दा दायाबाया भएका छैनन्। तर, कोरोना महामारीपछि भने उनको बाटो फेरिएको छ।लामो समय चलचित्र क्षेत्रको चहलपहल बन्द हुँदा उनी म्यूजिक भिडिओमा देखिन थालेका छन्। चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा रहेको ‘बल्ल बल्ल भेट भो’ बोलको म्यूजिक भिडिओमा उनले मोडलिङ गरेका हुन्। जसको छायांकन आज धुलिखेलमा गरिएको छ। दीपा लामा र तेम्बा शेर्पाको स्वरमा रहेको गीतमा दयासँगै निराञ्जली लामाले अभियन गरेकी छिन्।

">