काठमाडौं। एकसमय चलचित्र क्षेत्रमा कथा उस्तै। पात्र उहि तथा अभिनय पनि एउटै हुन्थ्यो। दर्शकहरूले फरक खालको स्वाद चाख्न खोजिरहेका थिए। तर, त्यो स्वाद दिनेखालका न कथा नै बनेका थिए, न त कलाकार नै आएका थिए।
त्यही बेला चलचित्र नगरीमा ऋचा शर्माको जन्म भयो। मोडलिङ, उद्घोषक हुँदै चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका शर्माले सन् २०१० मा ‘फस्ट लभ’ बाट डेब्यू गरिन्।
सन् २००७ को मिस नेपालमा उत्कृष्ट १० मा परेर मोडलिङबाट आफ्नो करिअरको सुरुआत गरेकी थिइन्। २०१४ मा उनी अभिनित चलचित्र ‘लुट’ ले उनलाई राम्रोसँग परिचित गरायो। त्यहीबाट उनलाई कहिले पनि पछाडि फर्केर हेर्नु परेको छैन।
उनले अहिलेसम्म उमा, को आफ्नो, टकलजंग भर्सेस टुल्के, भिजा गर्ल लगायतका चलचित्रमा प्रमुख भूमिका निभाईसकेकी छिन्।
१९८५ जुलाई १६ अर्थात आजकै दिन कैलालीको धनगढीमा जन्मिएकी ऋचाले यतिबेला थुप्रै कामहरू गर्दै आएकी छिन्। हिम्मती नायिकाको रूपमा आफूलाई स्थापित गराउँदै आएकी उनी सार्वजनिक कार्यक्रम तथा जनमानसमा पनि प्रष्ट विचार राख्दै आएकी छिन्।
कथाको पात्रअनुसारको अभियन गर्न सफल नायिका ऋचा टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिका समेत रहेकी छिन्। उनले नेपाली चलचित्रलाई डिजिटल प्लेटर्फम दिन मोवाईल एप निर्माण गरेकी छिन्। चलचित्र टीभी एप मार्फत उनले नेपाली चलचित्रलाई दर्शकसामु ल्याउन लागेकी हुन्।
उनले आफ्नो विगतको चलचित्र यात्रालाई सन्तोषजनक मात्र मानेकी छिन्। “कुनै चलचित्रमा राम्रै अभिनय गरेजस्तो लागेको छ। कुनैको अभिनयबाट म आफैं सन्तुष्ट छैन।” नायिका शर्माले भनिन्।
अभिनयबाटै चलचित्रमा पाइला टेकेकी भएकाले उनी यसैलाई निरन्तरता दिने मनसायमा छिन्। “मेरो पहिलो रोजाई भनेको अभिनय नै हो। यसबाहेक अन्य कुरा मेरो लागि सहायक हुन्। यसैबाट अगाडि बढ्ने हो। आफूलाई झन् अब्बल बनाउँदै लैजानेछु,” नायिका शर्माले भनिन्।
गत वर्षको मंसिरमा प्रेमी दीपेक्षजंग राणासँग विहे गरेकी ऋचा वैवाहिक जीवनपछि अन्य क्षेत्रमा पनि हात हाल्दै आएकी छिन्। विवाहपछि नेपाली नायिकाहरू आफ्नो चलचित्र यात्राबाट पछाडि फर्किने गरेका छन्।
तर, उनलाई घरपरिवारबाट पनि राम्रो साथ सहयोग भइरहेको छ। “घर परिवारबाट आफ्नो काममा कुनै बाँधा पुगेको छैन्। आफ्नो काममा इमान्दारीपूर्वक काम गर्ने हो। घर परिवारले सहयोग गरिहाल्छन्।” शर्माले भनिन्।
" /> काठमाडौं। एकसमय चलचित्र क्षेत्रमा कथा उस्तै। पात्र उहि तथा अभिनय पनि एउटै हुन्थ्यो। दर्शकहरूले फरक खालको स्वाद चाख्न खोजिरहेका थिए। तर, त्यो स्वाद दिनेखालका न कथा नै बनेका थिए, न त कलाकार नै आएका थिए।त्यही बेला चलचित्र नगरीमा ऋचा शर्माको जन्म भयो। मोडलिङ, उद्घोषक हुँदै चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका शर्माले सन् २०१० मा ‘फस्ट लभ’ बाट डेब्यू गरिन्।

">