काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले दुर्व्यवहारको आरोप लगाएको एक साताभन्दा बढी भयो।
यो विषयमाथि छानबिनका लागि भुवन केसीले नेपाल चलचित्र कलाकार संघमा उजुरी दिए। उजुरी परेपछि संघले आवश्यक छानबिन थालेको थियो।
साम्राज्ञी उजुरी परेपछि एकपटक मात्र आफूहरूको सम्पर्कमा आएको संघका अध्यक्ष रविन्द्र खड्काले बताए।
“उजुरी परेपछि एकपटक परिवारसहित संघको कार्यालयमै आउनुभएको थियो। हामी छलफल गरेर अगाडि बढ्न तयार छौं भन्नुभएको थियो”, अध्यक्ष खड्काले भने, “त्यसपछि सम्पर्कमा आउनु भएको छैन। धेरैपटक सम्पर्क गर्यौं तर फोन उठेको छैन।”
परिवारसहित कार्यालयमा उपस्थित भएकी साम्राज्ञीले आफूले लगाएको आरोप कुनै व्यक्तिको नाम तोकेर नभनिएको बताएकी थिइन्। चलचित्र यात्राको क्रममा आफूले भोगेको पीडा तथा दुर्व्यवहार सार्वजनिक गरेको तर, कसैको नाम उल्लेख नगरेको उनको भनाइ थियो।
“त्यो समय मैले कसैको नाम लिएको छैन, मेरो आरोप कोही व्यक्तिमाथि नभएर समग्र प्रवृत्तिप्रति थियो”, साम्राज्ञीले संघको कार्यालयमा भनेको खड्काले बताए।
आफ्नो आरोप भुवन केसीमाथि नभएको दाबी गर्दै आएकी साम्राज्ञी उजुरीमाथिको छलफलका लागि सम्पर्कमै आउन नचाहेको अध्यक्ष खड्काको भनाइ छ।
यता भुवनले भने आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै जो कोही भए पनि दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग अघि सारेका छन्। “बिना प्रमाण कसैको चरित्र हत्या गर्न मिल्दैन, त्यस्तामाथि कानूनी कारबाही हुनुपर्छ,” केसीले भने।
चलचित्र यात्रामा प्रवेश गरेको पाँच वर्ष पुगेको उपलक्ष्यमा नायिका साम्राज्ञीले १२ असारमा इन्स्टाग्राम भिडिओमार्फत धेरै पटक शोषणमा परेको बताएकी थिइन्।
त्यसपछि अर्को दिन सार्वजनिक गरेको दोस्रो भिडिओमा भुवन केसीतर्फ लक्षित गर्दै विभिन्न आरोप लगाएकी थिइन्।
उक्त आरोपपछि भुवनले संघमा उजुरी दिएका थिए।
" /> काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले दुर्व्यवहारको आरोप लगाएको एक साताभन्दा बढी भयो।यो विषयमाथि छानबिनका लागि भुवन केसीले नेपाल चलचित्र कलाकार संघमा उजुरी दिए। उजुरी परेपछि संघले आवश्यक छानबिन थालेको थियो।

">