काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चन कोरोना संक्रमित भएसँगै अस्पतालमा उपचाररत छन्।
उनीसँगै उनका छोरा अभिषेक बच्चनसहित परिवारका चारजना कोरोना संक्रमित छन्।
७७ वर्षीय अमिताभको स्वास्थ्य अवस्था सामान्य रहेको मुम्बईस्थित नानावती अस्पतालले जनाएको छ।
उनलाई कोरोना पोजिटिभ भएसँगै उनले सञ्चालन गर्दै आएको ‘कौन बनेगा करोडपति’ को १२औं सिजन संकटमा परेको छ।
१२औं सिजनका लागि अनलाइन संस्करणमार्फत् निवेदन आइरहेका थिए।
त्यसको केही भाग समेत छायांकन गरिएको थियो। कोरोना महामारीका कारण बाहिर जान नसकेपछि अमिताभकै घरमा प्रोमोको छायांकन गरिएको थियो।
विगत १० वटा सिजन उनले नै सञ्चालन गर्दै आएका थिए। उमेरका कारण पनि विगतमा पनि प्रश्न उठ्दै आएको थियो। अब भने कोरोना पोजिटिभ भएसँगै उनी शो मा फर्किने वा नफर्किने विषयमा बहस सुरू भएको छ।
कोरोना महामारी र अमिताभ बिरामी परेका कारण शो को यो संस्करण केही महिनापछि धकेलिन सक्छ। यसअघि छायांकनको काम सकेर सेप्टेम्बर पहिलो साताबाट प्रसारण गर्ने तयारी थियो। तर, अब अनिश्चित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सरकारी कार्यविधिले ६५ वर्ष माथिकालाई कुनै पनि आर्टिस्ट तथा टेक्निसियनलाई शो मा काम गर्न अनुमति छैन। तर, अमिताभ ७७ वर्षका हुँदा पनि शो मै छन्।
प्रतिस्पर्धीहरूको छनोट मे महिनाकै सुरू भएको थियो। यो पटक छनोटको सबै प्रक्रिया अनलाइन भइरहेको छ।
यसले गर्दा पनि यो समयावधि लम्बिन सक्छ। यस्तो अवस्थामा अमिताभलाई फ्लोरमा आउन गाह्रो हुन सक्छ।
अब अमिताभ नै सेटमा देखिन्छ वा नयाँ आउँछन् भन्ने विषय अहिले नै तय भएको छैन। त्यसका लागि अमिताभको स्वास्थ्य अवस्था हेरिँदै आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
" /> काठमाडौं। बलिउड सुपरस्टार अमिताभ बच्चन कोरोना संक्रमित भएसँगै अस्पतालमा उपचाररत छन्।उनीसँगै उनका छोरा अभिषेक बच्चनसहित परिवारका चारजना कोरोना संक्रमित छन्।

">