काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले अभिनेता तथा निर्माता भुवन केसीमाथि दुर्व्यवहार गरेको आरोप लगाइन्। चलचित्रको छायांकनदेखि जापानमा अवार्ड समारोहमा दुर्व्यवहार गरेको साम्राज्ञीको आरोप थियो। उक्त आरोपपछि भुवनले सत्यतथ्य छानबिनको माग गर्दै नेपाल चलचित्र कलाकार संघमा उजुरी दिए।
भुवनले कानूनी कारबाहीका लागि प्रहरीमा जाने योजना बनाएका थिए। त्यसअघि कलाकारहरूको संस्था भएकाले संघमा उजुरी दिए। संघले दुवै पक्षलाई बोलाएर छलफल गर्ने योजना बनाएको थियो। तर, साम्राज्ञी सम्पर्कमा आएकी छैनन्। इन्स्टाग्राममार्फत् भिडिओ सार्वजनिक गरेपछि भने उनी एकपटक परिवारसहित संघको कार्यालयमा उपस्थित भएकी थिइन्।
त्यसपछि दुवैजनालाई सँगै राखेर छलफल गराउन खोज्दा अहिलेसम्म सम्पर्कमा आएकी छैनन्। सत्यतथ्य छानबिनका लागि दिएको उजुरीका विषयमा संघले आफूलाई मौखिम मात्र जानकारी आएको अभिनेता भुवनको भनाइ छ। यही विषयमा भुवनसँग देखापढीका लागि कृष्णसिंह धामीले गरेको कुराकानी :
तपाईलें कलाकार संघमा दिएको उजुरीमा थप केही कारबाही भएको छ ?
मैले सत्यतथ्य छानबिन गर्नका लागि संघमा उजुरी दिएको थिएँ। अहिलेसम्म कुनै निर्णय भएको छैन। आरोप लगाउने व्यक्ति सम्पर्कमा नआएको जानकारी कलाकार संघबाट आएको छ। पटक–पटक फोन गर्दा पनि नउठाएको, आवश्यक छलफल गर्न खोज्दा पनि उहाँ (साम्राज्ञी) सम्पर्कमा नआएको भन्ने जानकारी संघले मलाई मौखिक रूपमा दिएको छ। मैले त्यो लिखित रूपमा जानकारी दिनु भनेको छु। आज मलाई लिखित रूपमा जानकारी आउँछ।
किन सम्पर्कमा नआएको भन्ने केही जानकारी आएको छ ?
उहाँ (साम्राज्ञी)ले मैले कसैको पनि नाम भनेर आरोप लगाएको छैन। भुवन केसीको नाम नै मैले उल्लेख गरेको छैन भन्ने जवाफ कलाकार संघलाई दिनुभएको रहेछ। तर, उहाँले सार्वजनिक गरेका भिडिओहरूबाट पनि म माथि नै आरोप लगाइएको हो भन्ने थुप्रै प्रमाण छन्।
अब तपाईंको थप कदम के हुन्छ ?
संघबाट मलाई कस्तो खालको पत्र आउँछ त्यो कुरेर बसेको छु। त्यसपछि एक÷दुई दिनपछि के गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्छु। सायद कानूनी प्रक्रियालाई अगाडि बढ्न सकिन्छ। तर, यही नै गर्छु भन्ने अहिले नै निर्णयमा पुगेको छैन्। बिना प्रमाण कसैको चरित्र हत्या गर्न मिल्दैन। त्यसरी आरोप लगाउँदा सम्बन्धित व्यक्तिको मान मर्दनका साथै मानसिक समस्या पनि पर्नसक्छ। त्यस्ता व्यक्तिमाथि कानून अनुसार सजाय हुनुपर्छ।
त्यसोभए तपाईंमाथि किन यस्तो आरोप लाग्यो ?
त्यही त म आफैं अचम्ममा परेको छु। कि ममाथि किन आरोप लगाउनुभयो। मैले नेपाली चलचित्र क्षेत्रमा यत्रो वर्ष योगदान गर्दै आएको छु। नयाँलाई पनि अवसर दिएर चर्चामा ल्याएँ। अन्त्यमा तिनैले मेरो चरित्र हत्या गर्न खोज्दैछन्।
प्रमाण बिना कसैलाई पनि आरोप लगाउन मिल्दैन। यदि मेरो गल्ती भएको प्रमाणित गरे म जेल जान पनि तयार छु। मेरो चरित्र हत्या मात्र गरिएको छैन, ममाथि मानसिक तनाब पनि उत्पन्न भएको छ। यसमा जोसुकै दोषी भए पनि कारबाही हुनैपर्छ। निर्दोष फस्नु हुँदैन। दोषी कुनै पनि हालतमा उम्किन पाउँदैन।
" /> काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले अभिनेता तथा निर्माता भुवन केसीमाथि दुर्व्यवहार गरेको आरोप लगाइन्। चलचित्रको छायांकनदेखि जापानमा अवार्ड समारोहमा दुर्व्यवहार गरेको साम्राज्ञीको आरोप थियो। उक्त आरोपपछि भुवनले सत्यतथ्य छानबिनको माग गर्दै नेपाल चलचित्र कलाकार संघमा उजुरी दिए।भुवनले कानूनी कारबाहीका लागि प्रहरीमा जाने योजना बनाएका थिए। त्यसअघि कलाकारहरूको संस्था भएकाले संघमा उजुरी दिए। संघले दुवै पक्षलाई बोलाएर छलफल गर्ने योजना बनाएको थियो। तर, साम्राज्ञी सम्पर्कमा आएकी छैनन्। इन्स्टाग्राममार्फत् भिडिओ सार्वजनिक गरेपछि भने उनी एकपटक परिवारसहित संघको कार्यालयमा उपस्थित भएकी थिइन्।

">