काठमाडौं । छायांकन सकिएको तीन वर्षपछि चलचित्र ‘सुस्केरा’को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार चलचित्र १८ पुसमा प्रदर्शन हुनेछ ।
प्रदर्शनमा ढिलाइ भए पनि चलचित्रको विषयवस्तु पुरानो नभएको निर्माण पक्षले जनाएको छ ।
साम्तेन भुटियाको लेखन÷निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र स्वरूप पुरुष ढकालको मुख्य भूमिका छ ।
एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको चलचित्रमा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि अभिनय छ ।
‘सुस्केरा’ पूर्णतः प्रेमकथामा आधारित चलचित्र भएको निर्देशक भुटियाले बताएका छन् ।
सुरक्षालाई नायिकाको रुपमा ‘ब्रेक’ दिएको चलचित्र मात्र होइन, गायकका रुपमा चिनिंदै गरेका स्वरूपलाई ठूलो पर्दामा नायक बनाउने श्रेय पनि ‘सुस्केरा’लाई जान्छ ।
छक्का पञ्जा–२ मार्फत् एक वर्षअघि नै पर्दामा झुल्किसकेका स्वरूपले ‘सुस्केरा’मा अभिनय गर्नु अगाडि हिन्दी सिरियल ‘गुमराह’मा समेत काम गरिसकेका छन् ।