काठमाडौं। सन्तोष सुनारको गीत ‘धोका भो’ सार्वजनिक भएको छ।
शब्द संगीत तथा स्वर पनि उनकै रहेको गीत ‘धोका भो’ मा पछिल्लो समय निकै चर्चामा रहेको सागर लम्साल ‘बले’ को अभिनय रहेको छ।
हास्य कलाकारको रूपमा स्थापित हुँदै पछिल्लो समय मोडलिङमा चर्चा पाइरहेका बलेलाई रोशनी कार्की र रश्मी भट्टले साथ दिएका छन्।
गीतको भिडिओमा प्रेम गर्ने जोडीलाई जातले पार्दैै आएको प्रभावलाई चित्रण गरिएको छ। पश्चिम रूकुममा आफ्नो प्रेमिकासँग विवाह गर्न गएका एक युवा नवराज विकसहित ६ जनाको हत्या जनाको हत्या गरिएको थियो।
त्यही घटनालाई आधार मानेर तयार पारिएको गीतमा प्रेमप्रेमिकाबीच जातले पार्दै आएको प्रभावलाई देखाउन खोजिएको छ।
मनोज बस्नेतको कन्सेप्ट र निर्देशन रहेको भिडिओलाई राजकुमार केसीले छायांकन गरेका छन्। टेकेन्द्र शाहीले सम्पादन गरेका हुन्।
समाजमा मायाप्रेममा कथित तल्लाे उपल्लाे जातले पार्ने प्रभावलाई समेटेर गीत बनाइएको सन्तोष बताउँछन्।
पछिल्लो समय गीत संगीत क्षेत्रसँगै मोडलिङ क्षेत्रमा सक्रिय रहेका सन्तोषका यसअघि दर्जन बढी गीत बजारमा आइसकेका छन्।
" /> काठमाडौं। सन्तोष सुनारको गीत ‘धोका भो’ सार्वजनिक भएको छ।शब्द संगीत तथा स्वर पनि उनकै रहेको गीत ‘धोका भो’ मा पछिल्लो समय निकै चर्चामा रहेको सागर लम्साल ‘बले’ को अभिनय रहेको छ।

">