काठमाडौं। नायिका लक्ष्मी बर्देवाले चलचित्र यात्राको सुरूआतमा निकै पीडा भोगिन्।
एक निर्देशकबाट उनलाई यौन दुर्व्यवहारको प्रयास भएको थियो। जुन कुरा उनले सार्वजनिक रूपमै भनेकी थिइन्।
त्यतिबेला केही समय यो विषयले चर्चा पायो। चलचित्रकर्मीहरूबाट समेत यस विषयमा व्यापक कुरा उठाइए।
यो कुराले तातिएको नेपाली कलाकारिता जगत केही समयपछि भने त्यसै सेलायो। न यसमा आरोप पुष्टि हुन सक्यो, न त लक्ष्मीले न्याय नै पाइन्।
सायद-२ की नायिका स्यारोना श्रेष्ठले आफ्नै निर्देशकमाथि यौन दुर्व्यवहारको आरोप लगाइन्।
आफ्नो डेब्यू चलचित्रको छायांकनकै क्रममा निर्देशक सुनिल रावलले यौन दुर्व्यवहार गरेको, आफ्नो कारण चलचित्र नचलेको भन्दै तनाव दिएको बताइन्।
पत्रकार सम्मेलन नै गरेर आफू शोषणमा परेको आरोप लगाएकी श्रेष्ठले न न्याय पाउन सकिन्, न त आरोप नै पुष्टि हुन सक्यो।
केही समयपछि उक्त विवाद साम्य भयो। अहिले उक्त विषय चलचित्र क्षेत्रमा हुने शोषणको घटनाका उदाहरणमात्र बन्दै गएका छन्।
नायिका बेनिशा हमालले पनि केही वर्ष अगाडि फोटो सूटको क्रममा शोषणको शिकार बनेको बताएकी थिइन्।
भर्टेक्स एण्ड एजेन्सी नामक कम्पनीको तर्फबाट फोटो सूट गर्ने क्रममा नगरकोट जाने प्रस्ताव आएको थियो। उनले यो विषयमा आवाज उठाइन्, तर कहीँ कतैबाट पनि न्याय पाइनन्।
अहिले नायिका साम्राज्ञी आरएल शाहले पनि अभिनेता तथा निर्माता भुवन केसीमाथि शोषणको आरोप लगाएकी छन्।
चलचित्र छायांकनको क्रममा दुर्व्यवहार गरेको, जापानमा अवार्ड बुझ्न जाने क्रममा दुर्व्यवहार गरेको जस्ता आरोप साम्राज्ञीको छ।
करिब चार वर्ष अगाडि आफूमाथि भएको दुर्व्यवहारबारे अहिले मुख खोलेकी हुन्।
यो विषयमा अभिनेता/निर्माता केसीले आफ्नो मानमर्दन हुने गरी आरोप लगाएको बताएका छन्।
यसबारे छानविनका लागि नेपाल चलचित्र कलाकार संघमा उजुरीसमेत परेको छ। उजुरीका सम्बन्धमा कलाकार संघले दुवै पक्षसँग छलफल गर्दै आएको छ।
०००
यी त केही उदाहरण मात्र हुन्। नेपाली चलचित्र क्षेत्रमा धेरैजसो नायिका तथा महीला कलाकार दुर्व्यवहारको शिकार हुने गरेको बताइन्छ।
शोषणबारे खुलेर कुरा गर्न नरूचाउने धेरै महिला कलाकार छन्। उनीहरूलाई आफूमाथि भएको दुर्व्यवहारमा न्याय पाइँदैन भन्ने लाग्ने गरेको छ।
अहिलेसम्म आफूमाथि भएको हिंसाबारे जो बोल्दै आएका छन्, समाजले पनि उनीहरूमाथि नै आरोप लगाउँदै आएको छ।
जो कलाकार खुलेर बोल्छ त्यस्ता कलाकारलाई समाजले उल्टै उसको चरित्रमाथि प्रश्न उठाउने गरेको छ। नायिका साम्राज्ञीले यो विषय उठाउँदा उनीमाथि नै प्रश्न उठाउने थुप्रै छन्।
विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको चरित्रमाथि प्रश्न उठाएका छन्।
पीडितलाई नै दोषी बनाइन्छ
यस्ता घटनाको भण्डाफोर गर्न सबैभन्दा समाज नै जागरूक हुनुपर्ने निर्देशक मनोज पण्डित बताउँछन्।
समाजले नै यस्ता विषयलाई गम्भीररूपमा नलिएको उनको भनाइ छ। समाजले नै उनीहरूको नैतिकमाथि प्रश्न उठाउनुपर्ने भन्दै उनले भने, “यस्ता व्यक्तिहरूमाथि सामाजिक बहिष्कारसँगै कानुनी कारबाही गर्नुपर्छ। नत्र यस्ता शक्तिहरू नै हाबी हुन्छन्।”
चलचित्र क्षेत्रमा अहिले यस्तो समूह नै हाबी भइरहेको भन्दै उनीहरूले नै पीडाबारे बोल्नेलाई दबाएर शान्त पार्ने गरेको उनको भनाइ छ।
नायिका बेनिशा यस विषयमा पीडितको आवाज नसुन्ने गरिएको बताउँछिन्। आफूमाथि भएको हिंसाका विषयमा बोल्दा उल्टै बोल्नेलाई नै नराम्रो बनाइने गरेको उनको भनाइ छ।
यो समाजमा छोरा मान्छेले बोल्दा समाजले पत्याउने तर, छोरी मान्छेमाथि नै उल्टै प्रश्न उठाउन गरेको बताइन्।
“यो विषयमा हिंसामै परेका बेलामात्र बोल्नुपर्ने वा उजुरी दिनुपर्ने भन्ने हुँदैन। समय अनुकूल भएपछि जुनसुकै बेला पनि बोल्न र आवाज उठाउन सकिन्छ।”
यौन दुर्व्यवहार र उत्पीडनबारे ‘जिरो टोलेरेन्स’ (शून्य सहिष्णुता) अभियान चलाउँदै आएकी नायिका निशा अधिकारी पीडितको आवाज दबाएर ‘जोक’ को रूपमा लिने गरेको बताउँछिन्। आफू हिंसामा परेको बारे जुनसुकै बेला पनि आवाज उठाउन सक्ने अधिकार रहेको उनको भनाइ छ।
“यो विषयमा हिंसामै परेका बेलामात्र बोल्नुपर्ने वा उजुरी दिनुपर्ने भन्ने हुँदैन। समय अनुकूल भएपछि जुनसुकै बेला पनि बोल्न र आवाज उठाउन सकिन्छ,” अधिकारीले भनिन्।
साम्राज्ञीमाथि भएको हिंसाका विषयमा समाजबाट नै पीडितको पक्षमा बोल्नुपर्ने उनको तर्क छ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र अधिकारी आफूमाथि हिंसा भएको भए त्यस विषयमा खुलेर कुरा गर्नुपर्ने र कानुनी प्रक्रियामार्फत् अगाडि बढ्नुपर्ने बताउँछन्।
“हिंसामा परेको हो भने कलाकारहरूले स-प्रमाण आउनुपर्यो। होइन भने कसैको चरित्र हत्या गर्ने मनसाय वा केही समय चर्चामा आउने मनसायबाट अगाडि बढ्दा कसैलाई पनि फाइदा पुग्दैन,” अध्यक्ष अधिकारीले भने।
किन रोजिँदैन कानुनी बाटो ?
आफू हिंसामा परेको वा पीडामा परेकोबारे धेरै कलाकारहरूले आवाज उठाउँछन्। तर, उनीहरू कानूनी प्रक्रियामार्फत् अगाडि बढ्न चाहँदैनन्।
किन त ?
नायिका सुरक्षा पन्त भन्छिन्, “कानुन नै बलियो छैन।”
जबसम्म कानुन बलियो हुँदैन तबसम्म पीडितहरू आफ्नो पीडा सहेरमात्र बस्ने उनको बुझाइ छ।
“पीडितलाई न्याय नै दिन नसक्ने कानुनको के काम? त्यसका लागि बलियो कानुन हुनुपर्छ,” उनी भन्छिन्।
जुनबेला आफू पीडित भइन्छ त्यही बेलामात्र आवाज उठाउनुपर्छ भन्ने कुरा नरहेको उनको भनाइ छ।
“सामाजिक तथा कानुनी दुवै दृष्टिकोणबाट जबसम्म महिला बलियो बन्दैनन्, तबसम्म कारबाही हुने वा पीडितले न्याय पाउने भन्ने कुरा रहँदैन,” उनले भनिन्, “यसरी नै आरोप लागिराख्ने तर न्याय नपाउने र पीडक झन् छाती फुलाएर हिँड्ने अवस्था आउँछ।”
यौन दुव्यर्वहार तथा सेलिब्रेटीहरूले कानुनअनुसार अगाडि बढ्नु वा सामाजिक सञ्जालमार्फत् विरोध जनाउनु दुवै पक्षबाट अगाडि बढ्न सकिने नायिका अधिकारी बताउँछिन्।
“यसमा पीडितले कानुनअनुसार नै अगाडि बढ्नुपर्छ भन्ने छैन। कोही कसैले दुर्व्यवहारमा परेपछि सामाजिक सञ्जालमार्फत् पनि आवाज उठाएर पीडकलाई सामाजिक बहिष्कार गराउन सकिन्छ। त्यो भन्दा ठूलो सजाय के हुन्छ?,” अधिकारीले भनिन्।
यस्तो छ कानुनमा
नेपालमा मुलुकी अपराध (संहिता) २०७४ र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ ले दुर्व्यवहारबारे बोलेका छन्।
कार्यस्थलमा हुने यौन दुर्व्यवहार भएको ठहरिएमा ६ महिनाको कैद तथा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।
त्यस्तै अपराध (संहिता) ले यौन दुर्व्यवहार गरेको पाइएमा तीन महिना कैद र ३० हजार जरिवानाको व्यवस्था गरेको छ।