काठमाडौं। महानायकको विषयमा उत्पन्न विवादमा चलचित्रका पेशागत तथा व्यावसायिक संगठनहरू बोलेका छन्।
चलचित्रकर्मी र दर्शकबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको भन्दै यो विषयलाई थप नलम्ब्याउन सबैमा आग्रह गरेका छन्।
नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व संघ र नेपाल चलचित्र नृत्य संघले संयुक्त विज्ञप्ति जारी गर्दै यो विवादलाई थप नलम्ब्याउन सबैमा आग्रह गरेका हुन्।
चलचित्रकर्मीको अभिव्यक्ति र अन्तर्वार्तालाई लिएर आरोप, प्रत्यारोप, विवाद, गालीगलौजमा उत्रिएको भन्दै तत्काल त्यस्ता कार्य बन्द गर्न आग्रह गरिएको छ।
“सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ। अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो। अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्न, अश्लील आक्षेप लगाउन, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन। यस किसिमको हर्कत निन्दनीय मात्र होइन अक्षम्य पनि हुन्छ”, विज्ञप्तीमा भनिएको छ।
चलचित्रकर्मीहरूले एकआपसमा समझदारी र विश्वासको वातावरण कायम गरी समग्र चलचित्र र पेशकर्मीको संरक्षण र सम्वर्द्धनमा कटिबद्ध भई लाग्नुपर्ने आजको अवस्थामा कुनै अभिव्यक्तिको टिप्पणीलाई लिएर सिंगो चलचित्र जगत अफवाहपूर्ण कुतर्क र एक अर्काको मानमर्दनमा तरंगित हुनु दुःखपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
आफूलाई परेको समस्या, विवाद, तथा उत्पीडनको उद्बोधन र समाधान आ-आफ्नै संस्थामार्फत् समाधान गर्नुपर्ने भन्दै त्यहीअनुसार अगाडि बढ्न सबै चलचित्रकर्मीलाई आग्रह गरिएको छ।
कुनै पक्षबाट पनि शिष्टताको पराकाष्टा नाघेमा कानुनी उपचारमा जानु बाध्यकारी हुने चेतावनी दिइएको छ।
यस्तो किसिमको गालीगलौज नरोकिए नेपालबाट आएको भए नेपालको साइबर कानुनअनुसार र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत् कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन्।
" /> काठमाडौं। महानायकको विषयमा उत्पन्न विवादमा चलचित्रका पेशागत तथा व्यावसायिक संगठनहरू बोलेका छन्।चलचित्रकर्मी र दर्शकबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको भन्दै यो विषयलाई थप नलम्ब्याउन सबैमा आग्रह गरेका छन्।

">