काठमाडौं। बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को-हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ।
आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडिओ फेस्टिबलमा नेपालबाट ‘सहायक श्रीमान’ छनोट भएको हो।
गणेश पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान’ यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित एक हजार अमेरिकी डलर जितेको थियो।
नेपालबाहिरको चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’ छनोट भएको यो पहिलो हो।
निर्देशक पाण्डेका अनुसार कोरोनाका कारण विभिन्न देशका चलचित्र महोत्सव स्थगित भएका कारण ‘सहायक श्रीमान’ को अन्तर्राष्ट्रिय यात्रा पनि रोकिएको थियो।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाकन गरिएको हो।