सुनिल थापा सलमानको चलचित्रमा

काठमाडौं। ‘राते काइला’ उपनामले नेपाली दर्शकमाझ परिचित छन्, सुनिल थापा।

चलचित्र ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका उनले नेपालसँगै बलिउडमा पनि प्रशंसा बटुले।

अब फेरि सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको फिल्म ‘क्‍वाथा’ मा अभिनय गर्ने भएका छन्।

बलिउड अभिनेत्री कैटरीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्न लागेको यो फिल्ममा सुनिलले भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन्।

सलमानका ज्वाईं आयुष शर्माको प्रमुख भूमिका रहने फिल्मलाई करण भुटानीले निर्देशन गर्दैछन्।

जनवरीदेखि ‘क्‍वाथा’ को छायाङ्‍कन सुरु हुनेछ।

सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’बाट सुनिलले बलिउडमा डेब्यू गरेका थिए।

प्रतिक्रिया दिनुहोस्