काठमाडौं।
केही छैन चिन्ता, केही छैन् पिर,
खुल्ला आकाशको पन्छि जस्तै घुम्छु चारै तिर।
फेरि कहाँ आउँछ र घुमेर, बालापनको उमेर।।।
चलचित्र ‘नाइ न भन्नु ल-५’ को यो गीत धेरैले सुन्नुभएको होला। यो गीतमा एकदमै मिठो स्वर थियो- बाल गायिका समिक्षा अधिकारीको। १४ पूरा गरेर १५ वर्षमा प्रवेश गर्न लागेकी समिक्षाको जीवनको टर्निङ प्वाइन्ट नै यही गीत बन्यो।
विद्यालय तथा अन्य कार्यक्रममा गीत गाइराख्ने समिक्षा कक्षा ८ मा पढ्दै थिइन्। असारको महीना थियो। छक्का पञ्जा-३ को टिम चलचित्र छायांकनको लागि उनको गाउँमा पुगेको थियो। उनले ‘नाई ल भन्नु ल-२’ को गीत, ‘यी आँखामा तिमी छौं। यो मनमा तिमी छौं।’ गाईन्।
क्यामेराम्यान पुरुषोत्तम प्रधानले समिक्षाको श्वर निकै मन पराए। समिक्षाको आवाज रेकर्ड गरेका प्रधानले काठमाडौं पुगेपछि निर्माता तथा निर्देशक विकासराज आचार्यलाई सुनाए। उनले ‘नाई ल भन्नु ल-५’ का लागि तयार पारिएको बालापनको उमेर गीत गाउन दिने योजना बनाए।

एक महीनामै उनलाई काठमाडौंबाट बोलावट भयो। काठमाडौं पुगेपछि समिक्षाले त्यही, “फेरि कहाँ आउँछ र घुमेर, बालापनको उमेर” बोलको गीत गाउँने मौका पाइन्। जुन गीतले समिक्षालाई धेरै सर्जकमाझ चिनिने मौका मिल्यो।
त्यस गीतबाट समिक्षाले १० हजार रूपैयाँ पारिश्रमिक पाईन्। जुन उनको पहिलो पारिश्रमिक थियो। त्यसपछि भने समिक्षालाई गीतका लागि अफर नआएको दिन नै छैन्।
००००
कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा ३ साउन, २०६२ मा जन्मिएकी समिक्षा अहिले काठमाडौंमै बस्दै आएकी छिन्। बुबा देविलाल अधिकारी र आमा माया अधिकारीको कोखबाट कान्छी छोरीको रूपमा जन्मिएकी समिक्षाले ८ कक्षासम्मको अध्ययन गाउँकै महेन्द्र माविमा गरिन्।
त्यसपछि उनी काठमाडौं आईन्। काठमाडौंमा पढाईसँगै सांगितिक यात्रालाई अगाडि बढाउँदैं आएकी छिन्।
“बाल्यकालमा थोर-थोरै गुनगुनाउँथे। तर, स्वर भने त्यति राम्रो थिएन्। म आफैँलाई त्यति राम्रो लाग्दैंनथ्यो।” समिक्षाले भनिन्, “एकाएक कसरी यस्तो भयो म आफैं अचम्ममा परेकी छु।”
तीजको बेला भएकाले उनलाई तीजका गीतका लागि पनि थुप्रै अफर आएका छन्। केहीमा त स्वर दिइसकेकी छिन्। भने केही प्रतिक्षामा छन्। उनको स्वरमा हालैका दिनमा सार्वजनिक भएको गीत, ‘आँधी कपाल हो’, तीज गीत ‘आयो चेली’, ‘मैले बोलेको छैन् ढाटेर, छिट्टै लिनलाई आउँ है आटेर,’ ‘हल्का जुँगा पालेर’ लगायतका दर्जन बढी गीतहरू चर्चामा छन्।
बाबु आमा खेतीकिसानी गर्दै आए पनि घरकी कान्छी छोरी भएकाले उनले जीवनमा धेरै दुःख भोग्नु परेन्। एक दाजु, एक दिदीकी कान्छी बहिनी उनलाई गीत गाउने क्रममा पनि परिवारबाट खासै अवरोध आएन्।
“१२ वर्षको उमेरसम्म त उनले थोर-थोरै गीत गाउँथे। भविश्यमा यतिको चर्चामा आउँला भन्नेसोचेकी पनि थिइँन्” समिक्षा भन्छिन्, “काठमाडौं आएपछि पूरै परिवर्तन भएको रहेछ।”
००००००
अर्को जुनी भो बरु चाहिँदैन
यो जुनीलाई छुट्टिन पाईदैन हो।
माया मारेर, नजाउँन निरमाया हो एक्लै पारेर।।।
किन होला परेको मन साह्रो,
तिमिलाई देख्दा बिर्सिन्छु संसारै।

जेठ अन्तिम साता यूट्युबमा सार्वजनिक भएको यो गीतले कोरोना महामारीका कारण घरमै बसिरहेकालाई निकै रमाइलो प्रदान गर्यो। लकडाउन तथा महामारीको त्रासकाबीच मनोरञ्जन प्रदान गराउने उद्देश्यले गायक नरेश खातीले यो गीत ल्याएका थिए। जसमा समिक्षालाई नै गायिकाको रूपमा भित्र्याए।
पहिलादेखि नै नरेशका गीत सुन्दै आएकी समिक्षाले एकदिन फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाईन्। उनको नाममा खुलेका दर्जन बढी फेसबुक आइडीका कारण नरेश दोधारमा परे।
उनलाई आएको रिक्वेस्ट साच्चै समिक्षाकै हो त भन्ने जान्नका लागि एसेप्ट गरेर उनीसँग कुरा गरे। कुरा गरेको दोस्रो दिन नै माया मारेर गीत गाउँनका लागि अफर आयो।

यो गीत यति चर्चामा आयो कि यूट्युब हुँदैं टिकटकमा बढी हिट भयो। त्यसपछि उनलाई धेरैले सोधीखोजी गर्न थाले। यो गीत चर्चामा आएपछि भने समिक्षा दैनिक दुई वटा गीत रेकर्ड गराउन थालिन्।
उनको स्वरमा यस्तो जादू देखियो कि यूट्युब ट्रेण्डिङमा उनकै गीत छन्। उनको स्वर सुन्दा कसैलाई पनि लाग्दैन्, कि उनी भर्खर १५ वर्षमा प्रवेश गर्दैछिन्। उनको स्वर पूरै परिपक्व गायिकाको जस्तै छ। उनले केही गीतहरूमा अभियन पनि गरेकी छिन्।
तीजको बेला भएकाले उनलाई तीजका गीतका लागि पनि थुप्रै अफर आएका छन्। केहीमा त स्वर दिइसकेकी छिन्। भने केही प्रतिक्षामा छन्।
उनको स्वरमा हालैका दिनमा सार्वजनिक भएको गीत, ‘आँधी कपाल हो’, तीज गीत ‘आयो चेली’, ‘मैले बोलेको छैन् ढाटेर, छिट्टै लिनलाई आउँ है आटेर,’ ‘हल्का जुँगा पालेर’ लगायतका दर्जन बढी गीतहरू चर्चामा छन्।
०००
स्वरमा समस्या
यो जेठ र असारमा उनले स्वर दिएका जुनसुकै गीत पनि यूट्युब ट्रेण्डिङमा पर्दै आएका छन्। टिकटकमा पनि उनकै गीतले चर्चा पाइरहेको छ।

दैनिक दुई वटा गीत रेकर्ड गर्दै आएकी थिइन्। जसले गर्दा उनको स्वरमा समस्या आएको छ। एक सातादेखि उनी औषधि खाएर आराममा छिन्।
“दैनिक दुई वटा गीत रेकर्ड गर्दै आएकी थिएँ। अहिले त धेरे काम गर्दा हातमा ठेला परेजस्तै मेरो घाँटीमा पनि ठेला परेको रहेछ। डाक्टरले औषधि खाएर केही दिन आराम गर्नुहोस् भन्नुभएको छ। अहिले आराममा छुँ,” समिक्षाले भनिन्।
" /> काठमाडौं।केही छैन चिन्ता, केही छैन् पिर,

">