काठमाडौं। अभिनेत्री रेखा थापा नयाँ चलचित्रको तयारीमा छिन्।
कोरोना महामारीका कारण तीन महिना चुपचाप बसेकी निर्मात्रीसमेत रहेकी थापाले सहज अवस्था आएपछि चलचित्रको निर्माण थाल्ने जनाएकी छन्।
भदौ अन्तिम वा असोजको पहिलो साताबाट छायांकनमा जाने उनको तयारी छ। अनटाइटल फिल्मका लागि उनले सौगात मल्लसँग सम्झौता गरेकी छिन्।
यसअघि वैशाखबाट छायांकनमा जाने भनिएको उनको चलचित्र कोरोना महामारीका कारण रोकिएको थियो। उनले निर्माण गर्ने अधिकांश चलचित्र अभिनेत्री प्रधान हुन्छन्।
उनी अचेल त्यही चलचित्रका लागि आफ्नो शरीरकाे फिट्नेश बनाउन लागेकी छन्। त्यसका लागि खानाको डाइटिङ गर्नेदेखि बडी फिट्नेशसम्ममा ध्यान दिइरहेकी छिन्। सामाजिक सञ्जालमार्फत् गरिएका पोष्टहरूमा उनी चलचित्रको तयारी रहेको प्रष्ट हुन्छ।
एक वर्षदेखि जिम गरिरहेकी रेखाले लकडाउन सुरु भएपछि घरमै व्यायाम गर्न थालेकी हुन्। रेखाले व्यायाम गरेर आफ्नो तौल २० किलो भन्दा बढी घटाइसकेकी छिन्।
अचेल उनी स्लिम तथा फिट देखिएकी छन्। उनले व्यायामका लागि पर्सनल ट्रेनर राखेकी छन्। जसका लागि विज्जु पार्कीसँग उनको सहकार्य छ। विज्जु भारतमा मोडलिङ गर्दै भारतीय कलाकारहरूलाई जिम, योगा तथा डान्स ट्रेनिङ गराउँथे।
व्यायाम गर्दै आएको तस्वीर इन्स्टाग्राम तथा फेसबुकमा राख्दै रेखाले लेखेकी छिन्, “सन्तुलन सबै कुराको साँचो हो। जसमा हामी के गर्छौं, के सोच्दछौं, के भन्छौं, के महसुस गर्छौं, उनीहरू सबैलाई जागरूकता चाहिन्छ र यस जागरूकतामार्फत् हामी अघि बढ्न सक्छौं।”
" /> काठमाडौं। अभिनेत्री रेखा थापा नयाँ चलचित्रको तयारीमा छिन्।कोरोना महामारीका कारण तीन महिना चुपचाप बसेकी निर्मात्रीसमेत रहेकी थापाले सहज अवस्था आएपछि चलचित्रको निर्माण थाल्ने जनाएकी छन्।

">