काठमाडौं। यतिबेला भारतीय मिडियामा नेपाल र नेपाली चर्चामा छन्।
नेपालले पूर्ण नक्सा जारी गरेसँगै भएको नेपालको चर्चा अझै रोकिएको छैन। बरु दिनप्रतिदिन बढिरहेको छ। यसमा यथार्थ कुराभन्दा पनि उनीहरूले फण्डा बढी गरिरहेका छन्।
भारतीय मिडियाले बेला–बेला नेपालको चर्चा गर्ने गरे पनि नेपाली चलचित्रतर्फ भने त्यति ध्यान जाँदैन। तर, यतिबेला भने भारतीय मिडियाहरूले चलचित्र क्षेत्रलाई पनि आफ्नो मसला बनाएका छन्।
भारतको चर्चित मिडिया आजतकको अनलाइन संस्करणले नेपाली हिरोइनबारे समाचार बनाएको छ। जसमा उनीहरूलाई बलिउड अभिनेत्रीहरू प्रियंका चोपडादेखि कैटरिना कैफसँग तुलना गरिएकाे छ।
अभिनेत्री प्रियंका कार्कीदेखि साम्राज्ञी आरएल शाहसम्मको चर्चा गरिएको छ। त्यस्तै मिस नेपाल वर्ल्ड २०१९ श्रृंखला खतिवडालाई समेत चर्चामा ल्याइएको छ।
नेपाली अभिनेत्री तथा कलाकारहरूलाई आजतकले यसरी चर्चा गरेको छ।
श्रृष्टि श्रेष्ठ

श्रृष्टि श्रेष्ठ नेपालकी उदाउँदी अभिनेत्री हुन्। उनी टप मोडलमा गनिन्छिन्। मिस नेपाल २०१२ मा उनले ब्यूटी पेजेन्टको उपाधि जितेकी थिइन्।
साम्राज्ञी आरएल शाह

राजपरिवारसँग सम्बन्ध रहेकी साम्राज्ञी नेपाली सिनेमाकी टप अभिनेत्री हुन्।
२०१६ मा आफ्नो डेब्यू चलचित्रमार्फत् धमाकेदार इन्ट्री गरेकी थिइन्। अचेल उनलाई पछाडि फर्केर हेर्नु परेको छैन। उनले चलचित्रसम्बन्धी विभिन्न अवार्ड पनि जितेकी छन्।
नम्रता श्रेष्ठ

नम्रता नेपाली मोडल तथा अभिनेत्री हुन्। २००८ मा उनले चलचित्रमा डेब्यू गरेकी थिइन्।
उनी नेसनल फिल्म अवार्डको विजेता पनि बनिसकेकी छन्। उनी म्यूजिक भिडिओका लागि पनि चर्चामा छिन्।
नीति शाह

उनी नेपालकी हटेस्ट मोडल हुन्। उनी इन्भोग्यू म्यागेजिनमा मोस्ट पपुलर फेस पनि बनिसकेकी छन्।
२०१३ मा आयोजित फेसेज हाउस अफ फेसनमा फर्स्ट रनर–अप भएकी थिइन्। २०१७ मा जापानमा आयोजित मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।
प्रियंका कार्की
उनी बोल्ड तथा ब्यूटी विथ ब्रेन भएकी अभिनेत्री हुन्।
पछिल्लो समय नेपाली चलचित्रमा प्रियंका सबैभन्दा बढी सफल अभिनेत्री हुन्। उनले २००५ मा १८ वर्षकै उमेरमा मिस टिन नेपाल जितेर ग्ल्यामरकाे क्षेत्रमा प्रवेश गरेकी थिइन्।
उनमा भिजे, डान्सर, कोरियोग्राफर, सोसल एक्टिभिटिजलगायतको क्षमता छ।
सदीक्षा श्रेष्ठ

सदीक्षा मिस नेपाल वर्ल्ड २०१० बनेकी उनी मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन्। उनले मिस नेपालमा सबैभन्दा बढी टाइटल जितेकी थिइन्।
उनले मिस पर्सनालिटी, मिस वेष्ट वाक तथा मिस फोटोजेनिकलगायतका टाइटल जितेकी थिइन्। अहिले उनी प्रिन्ट तथा एड्भरटाइजिङ क्षेत्रमा कमर्सियल सुटिङ गर्दै आएकी छन्।
जसिता गुरुङ

नेपालमा जन्मिएकी तर, बेलायतमा हुर्किएकी जसिता नेपाली फिल्ममा उदाउँदो नाम हो। उनी चलचित्रमा अभिनयसँगै ग्ल्यामर तथा बोल्ड फोटोसूटका कारण चर्चामा आउँछिन्।
अदिती बुढाथोकी

अदिती नेपाली चलचित्रको सबैभन्दा बोल्ड अभिनेत्री हुन्। उनी नेपालका धेरै म्यागेजिनमा बेला-बेला चर्चामा आउने गरेकी छन्। उनी पञ्जाबी भिडिओ स्टेप कटमा पनि काम गरिसकेकी छन्।
केकी अधिकारी
केकी मोडलिङ दुनियाँकी उदाउँदी कलाकार हुन्। उनी बोल्ड तथा ग्ल्यामर फोटोजका लागि निकै आकर्षित छिन्। केकीले धेरै म्यूजिक भिडिओ तथा चलचित्रमा अभिनय गरिसकेकी छन्।
आजतकले मिस नेपाल २०१८ श्रृंखला खतिवडा, गायिका एलिसा राई, आरजू सिटौलाको बारेमा पनि चर्चा गर्दै समाचार तयार पारेको छ।
" /> काठमाडौं। यतिबेला भारतीय मिडियामा नेपाल र नेपाली चर्चामा छन्।नेपालले पूर्ण नक्सा जारी गरेसँगै भएको नेपालको चर्चा अझै रोकिएको छैन। बरु दिनप्रतिदिन बढिरहेको छ। यसमा यथार्थ कुराभन्दा पनि उनीहरूले फण्डा बढी गरिरहेका छन्।

">